काठमाडौं,२८ कात्तिक–सरकारले वैदेशिक रोजगार सम्बन्धी सबै गुनासो सुन्न छुट्टै हेल्पडेस्क सञ्चालनमा ल्याउने भएको छ । बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा कामका लागि विदशिने र विदेशिन चाहने नोपाली समस्याको सुनुवाई गर्न डेस्क स्थापना गर्ने गृहकार्य थालेको हो ।
पछिल्लो समयमा विदेश जाने क्रममा र विदेशमा रोजगारीकै क्रममा अनेक कारण दुःख भोग्ने र अलपत्र पर्ने नेपालीको संख्या बढ्दो छ । हेल्पडेस्क स्थापना भएपछि विदेशमा समस्या भोगेकाहरुले सरकारसमक्ष सीधै टेलिफोनमार्फत आफ्ना गुनासा र उजुरी दर्ता दर्ता गर्नसक्नेछन् । यसैका आधारमा सरकारले आवश्यक सहयोगका लागि पहल तथा उद्धारका लागि प्रक्रिया अघि बढाउनेछ ।
अहिलेसम्म सरकारले वैदेशिक रोजगारीमा गएकाहरुले समस्या सुन्न छुट्टै डेस्क स्थापना गरेको छैन । विदेशिएका महिलाहरुको सहयोगका लागि स्थापना भएको उजुरी सुन्ने संयन्त्र पनि अहिले निस्क्रिय छ । नेपाल प्रहरीले भने ११७७ नम्बरको हटलाइनमार्फत वैदेशिरक रोजगारीका गुनासो र उजुरीको सुनुवाइ गरिरहेको छ । तर, उद्धारका लागि प्रहरीसँग स्रोतको अभाव छ । उसले ठगीका उजुरीमा मात्र पीडितलाई सहयोग गर्न सक्छ ।
अब भने सरकारी तवरबाटै श्रमका लागि विदेशिनेको गुनासो प्रभावकारी सुनुवाइ गर्ने गरी हेल्पडेस्क स्थापनाको लागि तयारी अघि बढाइएको विभागकी निर्देशक तथा प्रवक्ता रमा भट्टराईले जानकारी दिइन् । उनकाअनुसार अब केही समयभित्र विभागमा स्थापना हुने डेस्कबाट विदेशमा दुःख भोगिरहेकाहरुको गुनासो औपचारिक रुपमा दर्ता गरेर आवश्यक सहयोग गरिनेछ ।
म्यानपावर र दलालहरुले नक्कली भिसामा लगेर छोड्नेदेखि आश्वासनभन्दा फरक र जोखिमयुक्त प्रकृतिको काममा लगाएका कारण धेरै नेपालीहरु विदेशमा समस्यामा पर्ने गरेका छन् । काम छोड्ने, काम गर्न नसक्ने लगायत रोजगारदाताले यातना दिएका कारण कारण अलपत्र पर्नेहरु पनि उल्लेख्य छन् ।
‘विदेशमा ठगिएर र विभिन्न कारण अलपत्र हुने क्रम निकै बढ्यो । उनीहरुलाई गुनासो कहाँ सुनाउने भन्ने अन्यौल भएपछि छुट्टै हेल्पडेस्क स्थापनाको तयारी गरेका हौं’ भट्टराईले भनिन् ।
हेल्प डेस्कमा विदेशबाट फोन गर्दा पैसा नलाग्ने गरी टोल फ्री नम्बर राखिनेछ । विभागले नेपाल टेलिकमसँग टोल फ्री नम्बर उपलब्ध गराउन भन्दै पत्रचार गरिकसकेको छ ।
टेकिलमले पैसा नलाग्ने नम्बर उपलब्ध गराउनासाथ विभागमा विदेशिएका नेपालीको गुनासो सुन्ने संयन्त्र औपचारिक रुपमा स्थापना गरिने प्रवक्ता भट्टराईले बताइन् । ‘हटलाइन राख्ने स्थानको प्रवन्ध हामीले गरिसकेका छौं, हामी टोल फ्री नम्बर पाएपछि विदेशबाट नेपालीको गुनासो त्यही संयन्त्रमार्फत अभिलेखीकरण गरेर आवश्यक उद्धार प्रक्रिया सुरु गर्नेछौं’ उनले भनिन् ।
यसैगरी सो डेस्कलाई नेपालमा विदेशिने क्रममा युवाहरुले भोग्नु परेका समस्यको पनि सुनुवाई गरिनेछ । डेस्कमा विभागका गुनासो सुन्ने अधिकारी, वैदेििशक रोजगार व्यवसायी संघका प्रतिनिधि र अनुसन्धान अधिकृत रहनेछन् ।
‘कसैको पासपोर्ट म्यानपावरले होल्ड गरेको हुन्छ, कसैलाई लामो समयदेखि विभिन्न बाहाना दुःख दिइएको हुन्छ’ प्रवक्ता भट्टराईले भनिन् –‘यस्तो समस्या म्यानपारलाई एउटा निर्देशन दिएको भरमा वा सम्बन्धित पक्षलाई बोलाएर छलफल गराएर टुंग्याउन सकिन्छ । यस्ता काम पनि डेस्कबाट सम्पादन हुनेछ ।’
अहिले पनि थुप्रै नेपालीले विदशेबाट विभागको कार्यालय र त्यहाँका अधिकारीका मोबाइलमा उद्धारको आग्रह गर्दै फोन गर्ने गरेका छन् । तर, त्यसको सुनुवाई भने राम्रोसँग हुन सकेको छैन ।
यसैका कारण विदेशमा समस्यामा पर्नेहरु अलपत्र हुने क्रम बढ्दै गएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसमा विशेष चासो देखाएका थिए । प्रधानमन्त्री भएपछि संसदमा गरेको सम्बोधनमा उनले २४ घण्टै विदशेबाट नेपालीहरुको गुनासो सुन्ने गरी पैसा नलाग्ने टेलिफोन नम्बरको ब्यवस्था गर्ने बताएका थिए ।
त्यसैका आधारमा विभागले डेसक स्थापनाको तयारी थालेको हो । पछिल्लो समयमा श्रम स्वीकृतिका लागि पेश गरिने कागजातहरु झुटा हुने समस्याले वैदेशिक रोजगारीमा जानेहरु राम्रो काम र तलव सुविधा नपाएर मर्कामा परिरहेका छन् ।
विदेशी भूमिमा विभिन्न पीडा खेप्नुपर्ने, स्वदेश र्फकन कठिन हुने, कतिपय अवस्थामा जेल–सजाय समेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनुपर्नेसम्मका समस्या पनि नेपाली कामदाराले भोगिरहेका छन् । यसैगरी फ्री भिसा कामदारसँग भनिएपनि मनलाग्दी शुल्क उठाउने समस्या पनि चर्को छ । यस्ता समस्यामा पर्नेहरुलाई बिरलै सरकारी तबरबाट सहयोग हुने मिल्ने गरेको छ ।
No comments:
Post a Comment