watch first and then search

watch first and then search

Thursday, November 17, 2016

शुक्रबार बेलुकादेखि शनिबारसम्म नेपाल टेलिकमको मोबाइलका सबै सेवा अवरुद्ध हुने



काठमाडौं, २ मंसिर । दूरसञ्चार सेवा प्रदायक अग्रणी संस्था नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइलका सबै सेवा शुक्रबार बेलुकादेखि शनिबारसम्म अवरुद्ध हुनसक्ने जनाइएको छ ।

जीएसएम पोस्टपेड मोबाइल सेवालाई ‘कन्भर्रजेन्ट रियल टाइम बिलिङ सिस्टम’ मा लगिन लागिएकाले सेवाहरु अवरुद्ध हुन सक्ने टेलिकमले सार्वजनिक सूचना जारी गरिदिएको जानकारीमा उल्लेख गरिएको छ ।

टेलिकमका वायरलेस सेवा अन्तर्गतका जिएसएम तथा सीडीएमए सेवाका भ्वाईस, डाटा, एसएमएस , वाइम्याक्स सेवा तथा रिचार्ज सेवाहरु अवरुद्ध हुन सक्ने टेलिकमको भनाइ छ । शनिबार कम्पनीका सबै ग्राहक केन्द्रहरु तथा विल भुक्तानीलगायतका कार्यहरु समेत बन्द हुने टेलिकमको भनाइ छ ।

No comments:

Post a Comment

watch first and then search