watch first and then search

watch first and then search

Thursday, November 17, 2016

हृदयघात हुनु अघि देखिने ८ लक्षण जुन तपाइले थाह पाउनै पर्छ



पछिल्लो समयमा हृदयघातबाट हुने मृत्यु संसारभरी बढेको छ । अझै युवा अवस्थाका मानिसहरुलाई समेत यसको समस्या गम्भिररुपमा देखिन थालेको छ । पहिले अलि पाको उमेरका ब्यक्तिलाई हुने यो समस्या अहिले आएर युवा अवस्थामा नै देखिन थालेको छ । आधुनिकताका नाममा बढेको रहन सहन र खान पानको कारणले यस्तो भएको हो ।

हृदयघात हुनु अघि हाम्रो शरीरमा केही अहसजता र लक्षणहरु देखिन्छन् । त्यस्ता लक्षणहरुबारे सचेत हुन सके हृदयघातबाट बँच्न सकिन्छ । हृदयघात हुनु अघि देखिने ८ लक्षणबारे यहाँ चर्चा गरिएको छ ।


१- खुट्टा सुनिनुः मुटुमा समस्या हुनासाथ शरीरमा रक्त सञ्चार सहजरुपमा हुन सक्दैन । यसका कारण खुट्टा सुनुने समस्या देखिन सक्छ । यस्तो भयो भने हृदयघातको खतरा बढेको बुझ्नु पर्छ ।


२- अपच वा वान्ताः खाएको खाना नपच्ने वा वान्ता हुने समस्या देखिनु पनि मुटुमा सम्या पैदा भएको संकेत हुन सक्छ । हृदयघात हुनु अघि विरामीहरुलाई यस्ता समस्या देखिने विशेषज्ञहरु बताउँछन् ।


३- थकान महसुस हुनुः जतिबेला पनि कमजोर अनुभव हुन थाल्यो भने मुटुमा समस्या भएको संकेत हुन सक्छ । जटिल काम गर्दा थकाइ लाग्नु स्वभाविक भएपनि जतिबेला पनि थकान हुनु चाँहि गम्भिर समस्या हुन सक्छ ।


४- छाती वा पिठ्यूँमा पीडाः यदि तपाइँको छातीमा निरन्तर दुखाइ अनुभव हुन्छ वा ढाड दुख्छ भने लापरवाही नगर्नुस् । हृदयघात हुनु अघि यस्तै लक्षण देखिने डाक्टरहरु बताउँछन् ।


५- स्वास फेर्न कष्टः यदि तपाइँलाई मुटुको गम्भिर समस्या छ भने तपाइँलाई स्वास प्रस्वासमा पनि समस्या हुन सक्छ । धडकन बढ्नु र स्वास प्रश्वासमा समस्या हुनु पनि मुटुमा गम्भिर समस्याका संकेत हुन् ।


६- टाउको, गर्दन वा दाँतमा दुखाइः निरन्तर टाउको, गर्दन वा दाँतमा पीडा भैरहेको छ भने पनि तपाइँलाई मुटुको समस्या हुन सक्छ । पेटको माथिल्लो भाग दुख्नु वा बाइाँ हात वा गर्दनमा समस्या हुनु पनि हृदयघात अघिका लक्षण हुन सक्छन् ।


७- छाति चस्किनेः छातीमा दवाव महसुस हुनु वा चस्किनु पनि डरलाग्दो संकेत हो । यसले तपाइँको मुटुमा समस्या हुन सक्ने संकेत गर्छ ।


८- तनाव र रिंगटाः तपाइँलाई विनाकारण निरन्तर तनाव भैरहेको छ र रिंगटा पनि आउन थाल्यो भने पनि यो मुटुसँग सम्बन्धित हुन सक्छ । हृदयघात हुनु अघी पनि यस्तो संकेत देखिने विशेषज्ञहरु बताउँछन् ।

No comments:

Post a Comment

watch first and then search