watch first and then search
watch first and then search
Thursday, November 10, 2016
अमेरिकी राष्ट्रपति निर्वाचनको पछि विश्व बजारमा उथलपुथल, डलरको भाउमा भारी गिरावट,सुनको मूल्यमा उत्तारचढाव
अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएलगतै विश्व बजारमा एकसाथ उथलपुथल आएको छ । ट्रम्पको विजयमा निश्चित समूह खुसी बन्दा विश्व बजारले भने त्यस्लाई स्वागत गर्न सकेन । फलस्वरुप शेयर बजार खस्कनुका साथै डलरको भाउमा भारी गिरावट आएको छ । डलरको भाउ खस्कने वित्तिकै विश्व बजारमा सुनको भाउ अकासिएका थियो । तर नेपाली बजारमा भने सुनको मूल्यमा उत्तारचढाव देखिएको छ । हिजो विश्वबजारमा उथलपुथल देखिदा विश्वव्यापीरुपमा सुन महंगिएको थियो । बुधबार १३ सयको हाराहारीमा बढेको सुनको भाउ विहीवार भने एकैदिन १ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाली बजारमा भने अमेरिकी राष्ट्रपतिको निर्वाचन परिणामसंगै ५ सय र हजार दरका भारुको कारोबारमा बन्देज लगाएको भोलीपल्टै सुन प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेको थियो । तर, विहिवार एकैदिन १ हजार ४ सय रुपैयाँले घटेर सुनप्रतितोला ५६ हजार ८ सयमा कारोवार भएको छ । ५ र हजार दरका भारुमा लगाइएको बन्देजसंगै लगानीकर्तामा अन्यौलता देखिएको छ त्यसको प्रत्यक्ष असर सुन बजारमा देखिको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अमेरिकाको राष्ट्रपतिको निर्वाचन तथा भारु प्रतिवन्धले नेपाली बजारमा मात्र नभई अन्तरराष्ट्रिय बजारमै सुनको मूल्यमा उत्तरचढाव महासंघले जनाएको छ । सुनचाँदीको गरगहना बनाउन ८० प्रतिशत कालीगढ हुने गरेको र त्यसले गर्दा पनि नेपाली बजारमा ठूलो असर पर्न गएको हो । यसैगरी चाँदीको मूल्यमा पनि गिरावट आएको छ । विहीबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घट्दै ८ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment