watch first and then search

watch first and then search

Wednesday, November 30, 2016

झापाका विभिन्न स्थानबाट चोरीको ५ मोटरसाइकलसहित ६ जना पक्राउ



झापा,१५ मंसिर– झापाका विभिन्न स्थानबाट चोरीको मोटरसाइकलसहित पक्राउ परेका ६ जनालाई बुधबार इलाका प्रहरी कार्यालय, विर्तामोडले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बुधबारे गाविस–३ का २० वर्षीय सुनिल राई, बुधबारे–९ का २० वर्षकै सागर लावती, मेचीनगर–४ का २४ वर्षीय अनिल तामाङ, मेचीनगर–१ का ३० वर्षीय सञ्जुकुमार कामी, शिवसताक्षी–२ का २३ वर्षीय चन्द्र लिम्बू र २८ वर्षीय सुवास तामाङ छन् । जिल्ला प्रहरी कार्यालय, झापाबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको इप्रका विर्तामोडका डिएसपी केशव थेबेले बताए ।

नियन्त्रणमा लिइएको मोटरसाइकलहरुमा ३ वटा पल्सर र २ वटा आर वान फाइभ छन् ।

No comments:

Post a Comment

watch first and then search