watch first and then search

watch first and then search

Wednesday, November 30, 2016

१४५ वर्षीय बृद्ध भन्छन्, छिट्टै मर्न पाउँ



संसारकै सबैभन्दा जेठा इन्डोनेसियाका एक बृद्धले आफु मर्न चाहेको बताएका छन् । १४५ वर्षीय मबाह गोथोले आफ्नो बाँच्ने धोको पुरा भएको बताएका हुन् । इन्डोनेसियाली अधिकारीहरुले उनलाई उपलब्ध गराएको नागरिकता अनुसार उनी १८७० को डिसेम्बर ३१ मा जन्मिएका हुन् । उनका १० जना दाजुभाई र चार श्रीमतिको मृत्यु भईसकेको छ । अन्तिम पत्निको सन् १९८८ मा मृत्यु भएको थियो ।

उनका सबै छोरा छोरीको पनि मृत्यु भएको छ । उनका अहिले नाती÷नातिनी, पनाती र खनातीमात्र जीवित छन् ।यदि नागरिकता अनुसार गोथोको उमेर साँचो साबित भए उनी संसारकै बृद्ध मानिस साबित हुनेछन् । अहिले फ्रान्सेली महिला जीन कामेन्ट संसारकै पाको मानिस हुन् । कामेन्टले यसै वर्ष आफ्नो १२२ औं जन्म दिन मनाएकी छिन् ।

संसारकै पाका बताइएका गोथोलाई लिपुटान ६ टेलिभिजन समाचारले यसै साता इन्डोनेसियाको मध्ये जाभामा अन्तर्वार्ता लिएको थियो । अन्र्तवार्ताका क्रममा उनले मर्न चाहदा चाहदै पनि बाँच्न विवश भएको बताए । ‘म तत्काल मर्न चाहन्छु । मेरा नातीहरु सबै आआफ्ना बाटो लागेका छन्,’ उनले भने । मबाह गोथोका नाती सूर्यान्ताका अनुसार हजुरबाब १२२ वर्षको उमेर पुगेदेखि नै मर्न चाहन्थे । तर उनको इच्छा अझै पुरा हुन सकेको छैन ।

‘हजुरबाबाका लागि २४ वर्ष अगाडि चिहान बनाइएको थियो,’ उनले भने । यी बयोबृद्धका लागि परिबारले उनका छोराहरुको चिहान नजिकै अर्काे चिहान पनि बनाएका थिए । दुई दुई ओटा चिहान बनिसकेका यी बृद्ध अहिले काल कुरेर आगनमा बसेका छन् ।

इन्डोनेसियाको अभिलेखकार्यका कर्मचारीहरुले गोथोको परिचय पत्रमा उनको जन्ममिति ३१ डिसेम्बर १८८७ भएको बताएका छन् । उनको जन्मदर्ता बारे उल्लेख गरिएको परिचयपत्रको स्वतन्त्र पुष्टि हुन भने बाँकी नै छ । यदि उनको उमेर पुष्टि भएन भने गोथो भन्दा पाका नाईजेरियाका १७१ वर्षीय जेम्स ओलोफिन्टुयी र इथोपियाका १६३ वर्षीय ढाक्वाबो इबा जस्तै संसारकै पाको मानिस भनि घरमै चित्त बुझाएर बस्नुपर्नेछ । नाईजेरियाका जेम्स र इथोपियाका इबालाई गिनिज वल्ड रेक्र्डले मान्यता दिएको छैन ।

आजभोली गोथो टेलिभिजन हेर्न आँखा कमजोर भएकोले प्राय रेडियो सुन्छन् । तीन महिनादेखि उनलाई चम्चाले खुवाइएको छ । उनी आफै नुहाउन पनि सक्दैनन् । निकै कमजोर हुन थालेको उनी बताउँछन् । उनको दीर्धायुको राजबारे सोधिएको जिज्ञासामा गोथो भन्छन्, ‘केवल धैयर्ता ।

No comments:

Post a Comment

watch first and then search