watch first and then search

watch first and then search

Wednesday, November 9, 2016

पूर्वप्रमुख सेनानी राणा भन्छन्, 'पूर्वराजा ज्ञानेन्द्रले मलाई सताउने काम गरे'







काठमाडौं, २४ कार्तिक, पूर्वनेपाली सेनाका इन्जिनियर लेफ्टिनेन्ट कर्णेल किरण राणाले पूर्वराजा ज्ञानेन्द्र शाह, रानी कोमल शाह तथा हिमानी शाहद्वारा नेपाली सेना तथा अमेरिकी राष्ट्रपति बाराक ओवामाको स्वीकृति लिई नेपालमा अमेरिकी शक्ति तथा सीआइए प्रयोग गरी उनीहरुले आफूलाई अनेक किसिमको दुःख दिने गरेको आरोप लगाएका छन् ।

सेनाबाट सन् २०१२ मे महिनामा अवकाश लिएका राणाले उक्त कार्य सन् २०१२ अगष्टबाट सुरु भएको दाबी गर्दै भने, 'सिआईए तथा नेपाली सेना प्रयोग गरी उहाँहरुले मलाई दुःख दिनुको कारण उहाँहरुको परिवारसँग विगतमा झै–भगडा भएको र उहाँको गैर–कानुनी ब्यापारिक कार्यहरुकोबारेमा मैले बोल्दा यस्तो भएको जानकारी हुन आएको अनुमान हुन्छ ।' राजधानीमा आज पत्रकार सम्मेलन गरेर राणाले यस्तो आरोप लगाएका हुन् । इन्टरनेट ह्याक गर्ने र युट्युव तथा याहुको विज्ञापन तथा आईकनबाट आफूसँग अमेरिकी सिआईएले म्यासेज पठाउने कार्य गर्दै आईरहेको समेत उनले आरोप लगाएका छन् ।

उनले अहिले आफूलाई नै बेरोजगार बनाई अनेक किसिमका खेल खेल्दै आएको, अमेरिकीहरुले मलाई बिबिए, एमबिए पढाएको भनि अनावश्यक किसिमसँग समय बर्बाद गरेको, आफूलाई बानी व्यवहारमा सुधार ल्याएको भनी अनावश्यक टिकाटिप्पणी गर्दै आएको, अमेरिकी, भारत, नेपाली सेना तथा राजपरिवारहरुको बीचमा राजनीति खेल्ने माध्यम बनाएको, प्रधान सेनापति बनाउने खेलमा पनि आफूलाई अनावश्यक किसिमसँग मुछ्न खोजेको र बैदेशिक रोजगारको ब्ल्याक मेल गर्दै आएको, अमेरिकीहरुले राजा तथा राजपरिवारहरुको सम्पूर्ण गैर कानुनी कारवाहीको मेसेजहरु पठाई, प्रहरी तथा सम्बन्धित निकायमा पठाई त्यसबाट छुटकारा लिएको जस्ता आरोपहरु लगाएका छन् ।

उनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'नेपाली सेनालाई राजपरिवारबाट गर्दै आइरहेको शोषण तथा गुलामीकोबारे प्रहरी तथा रक्षा मन्त्रालयमा जानकारी गराई सोबाट मुक्त पाएको, मलाई नेपाली सेना तथा अमेरिकी पक्षको व्यक्तिहरुको अण्डर राखी अनावश्यक शोषण तथा पेल्दै आएको र मलाई विशषे गरी यताको न उताको बनाइ पेन्डुलम बनाई राखेका छन् ।'


उनले जारी गरेको विज्ञप्तिमा थप भनिएको छ, 'मलाई र मेरो परिवारलाई प्रयोग गरी भारत तथा अमेरिका पक्षको सर्पोट लिई अनेक राजनीति गर्ने भान भएको महसुस गर्दछु, साथै आफ्नो आर्थिक नोक्सानको बारे कतैबाट पनि सोध भर्ना भएको छैन ।'

No comments:

Post a Comment

watch first and then search