watch first and then search

watch first and then search

Saturday, November 26, 2016

मध्येरातको त्यो निर्णय जसले भारत हल्लायो



काठमाडौं, ११ मंसिर – ८ नोभेम्बरको रातमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको एउटा घोषणाले अहिले सिंगो भारतीय जनजिवन प्रभावित छ । मोदीले रातको ८ बजे देशबासीका नाममा सम्बोधन गर्दै चार घण्टापछि देखि ५ सय र हजारका दरका नोट नचल्ने घोषणा गरे।

उनको घोषणा सँगै नोभेम्बर ९ तारिखदेखि ५ सय र हजार दरका नोट अव कागजको खोष्टाका रुपमा परिणत भइसकेका छन् । नोटबन्दीको निर्णयसँगै यतिबेला भारत आर्थिक जटिलतामा फसिरहेको छ। नोटबन्दीका कारण भारतीय अर्थतन्त्रमा त धक्का पुगेको छ नै, त्यसले भारतीय रुपैँया प्रयाग गर्ने नेपालसहितका देशको अर्थतन्त्रमा समेत समस्या ल्याइदिएको छ।

नेपाल, भुटान , पाकिस्तानलगायतका देशबाट अब कसरी भारतीय रुपैयाँ साट्ने भन्ने अन्यौल कायमै छ।
नोभेम्बर ८ तारिखमा मोदीले देशवासीका नाममा गरेको सम्बोधनमा कालोधन नियन्त्रणका लागि भन्दै ५ सय र हजार दरका नेटमाथि प्रतिवन्ध लगाउने घोषणा गरेसँगै भारतभर हंगामा मच्चिएको राजधानी दैनिकमा खबर छ।

No comments:

Post a Comment

watch first and then search