watch first and then search

watch first and then search

Saturday, November 26, 2016

चीनमा शक्तिशाली भूकम्प

चीनमा शुक्रबार राती शक्तिशाली भूकम्प गएको छ। ६.७ रेक्टर स्केलको भूकम्पले ताजकिस्तानसंग सीमाना जोडिएको उत्तरपूर्वी प्रान्त किजिल्सू किरघिज अटोनोमस प्रान्तमा एक जनाको ज्यान लिएको सिन्हुआले जनाएको छ। त्यहाँ ६ घर ध्वस्त भएको खबर छ जमिनबाट १० किलोमिटर मात्र तल केन्द्रविन्दु रहेको भूकम्प स्थानिय समय अनुसार राती १०:२४ मा गएको थियो। अमेरिकी भूगर्भ विभागले सुरुमा ६.७ रेक्टर स्केल बताएपनि पछि ६.५ रेक्टरमात्र भएको जनाएको थियो।भूकम्पको केन्द्रविन्दु रहेको गाँउमा ८० घर छन्, जसमध्ये केही ध्वस्त भएका छन्। केयौं जनावर मारिएका छन्। अन्य कुनै मानविय क्षती भने नभएको बताइएको छ। यसैबिच चीनको ‘भूकम्प प्रशासन’ले आपतकालीन कदम चालेको छ र भूकम्प प्रभावित क्षेत्रमा एक टोली खटाएको छ। क्षेत्रीय भूकम्प ब्यूरोले पनि आपतकालन कदम उठाएको बताइएको छ।

No comments:

Post a Comment

watch first and then search