watch first and then search

watch first and then search

Friday, November 18, 2016

गाउँमै आम्दानी



मलेखु (धादिङ) । ठूलो उद्योग चलाउन पैसा छैन । यस्तोमा गाउँमा विपन्नले कसरी बाँच्ने ? कसरी आम्दानी गर्ने ? पिरलो नलाङ गाविस– ६ की जानुका दुवाडी तिमल्सिनालाई थियो । उद्यम गर्न पैसा नभएपछि परम्परागत कृषि पेसा अगाल्न बाध्य तिमल्सिनालाई खर्च धान्न समस्या थियो । उहाँसँग सीप नहुँदा समस्या झन बढी थियो । युएनडिपी डेनिडाको सहयोगमा ‘हुरेन्डेक’ नामक गैरसरकारी संस्थाले गाउँमै महिलालाई समूह बनाइ होजियारी सामग्री वितरण गरेपछि अहिले तिमल्सिनाले गाउँमै आम्दानी गरिरहनुभएको छ ।

रु पाँच लाखको लागतमा होजियारी उद्योग सञ्चालन भएपछि आम्दानी गर्न सहज भएको हो । होजियारी उद्योग सुरु गरिएपछि गाउँका विपन्न महिलाले पर्याप्त आम्दानी गरिरहनुभएको छ । यस्तै २२ जना मौरीपालक कृषकलाई मौरीसहितको घार समेत वितरण गरिएको छ भने १३ महिलालाई अगरबत्ती बनाउने दुईवटा मेसिन र भवन समेत हस्तान्तरण गरिएको हुरेन्डेकका कार्यक्रम संयोजक शालिकराम दुवाडीले बताउनुभयो ।

अगरबत्ती बनाउन प्रयोग हुने काउलो, सिन्का र गोल स्थानीयतवरमै उत्पादन गरी प्रयोग गर्नुपर्ने घरेलु तथा साना उद्योग महासङ्घका जिल्ला अध्यक्ष विश्वराम दुवाडी बताउनुहुन्छ । नलाङ गाविसमा तरकारीखेती, कुखुरापालन, मौरीपालन, सिलाइबुनाइ, हाउस वयारिङ, मोबाइल मर्मत, ब्युटीपार्लर, कम्प्युटरलगायत गरी १३२ महिलालाई तालिम प्रदान गरिएको युएनडिपीका परियोजना संयोजक मीरा श्रेष्ठले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

watch first and then search