watch first and then search

watch first and then search

Friday, November 18, 2016

न खुट्टा न हात, तर हिम्मत छ अपार,विश्वले गर्छ सलाम, पढेपछि तपाई पनि गर्नुहुनेछ {फोटो फिचर}



काठमाडौं, दुबै हात र दुबै खुट्टा नभएका ३३ वर्षीय ‘निक वुजकिक’ विश्वकै जानेमाने मोटिभेटर र लेखक मानिन्छन् ।

सन् १९८२ डिसम्बर ४ का दिन अष्ट्रलियामा जन्मेका निक वुजिकिकका जन्म देखिनै दुबै हात र दुबै खुट्टा छैनन् । खुट्टाको ठाउँमा ससाना औंला छन् । करोडौंमा केही एक दुई मामला यस्ता पनि हुन्छन् ।

आमा बुवाले जब हात र खुट्टा नभएका बच्चा देखे उनीहरु धेरै नै हतास भएका थिए । यहाँ सम्मकी निक की आमाले उनलाई जन्मेको लगभग ४ महिनापछि कोखमा राखेका थिए ।

निककी आमा नर्स थिइन् र गर्भवती छँदा उनले आफ्नो पुरै ख्याल पनि गरेकी थिइन् । तर पनि उनी निकको शारिरीक अपांगताको लागि आफैंलाई दोषी मान्थिन् । दुबै आमा बुवा सोच्ने गर्थे आखिर यस्तो किन भयो ?

जिन्दगीका सुरुका दिनहरु निकको लागि धेरै बोझिला थिए । सामान्य दैनिकी देखि लिएर पढाइ लेखाईमा समेत उनलाई निकै समस्या आएको थियो । त्यस्तो आवस्थामा खेलकुदको कुरा त टाढा कै कुरा थियो ।

यस्तो आवस्थामा निक पनि निकै चिन्तित तथा हतास थिए । १० वर्षको उमेरमा उनले चिन्ता कै कारण बाथ ट्याबमा डुब्ने प्रयास गरेका थिए । तर भाग्यले उनी बाँच्न सफल भए ।

निकले भनेका छन् ‘मलाई त्यो समय लाग्थ्यो मेरो जिन्दगी बेकारको छ ।’ जब केही गर्नको लागि पनि तागत छैन भने बाँचेर बस्न धेरै मुश्किल नै हुन्छ । तर आमाले लेखेको एउटा चिट्ठीले उनको सोच पुरै किसिमले परिवर्तन भयो ।

उनको आमाको यो लेख एक पत्रिकामा छापियो जुन एउटा अपांग मानिसको अपांगतामा जीतको कथा थियो ।

निक त्यस समयमा १३ वर्षका थिए । उनले सम्झे विश्वमा अपांगतासँग संघर्ष गर्नेहरुमध्ये उनी एक्ला मानिस थिएनन् । उनी भन्छन् ‘मलाई महशुस भयोकी भगवानले मलाई यस्तो अरुहरुलाई हौसला बढाउन तथा आँट दिनका लागि बनाएका हुन् । यस्तो सोचले मलाई प्रेरणा मिल्यो । फेरि मैले अरुहरुलाई हौसला बढाउन तथा आँट दिन सुरु गरे । अरुहरुको जिन्दगीमा उर्जा थप्न आफ्नो जिन्दगीलाई हतियार बनाए ।’

यसपछि मैले तय गरे जो छँदैछैन उसलाई सम्झेर निराश हुनु भन्दा आफुसँग जे छ त्यसलाई नै भगवानको आशिर्वाद मान्ने ।

त्यस्ता आमाबुवाले गर्दा नै उनी फाइटर बने । बुवा कम्पयुटर प्रोग्राम र एकाउन्टेन्ट थिए । डेढ वर्षको उमेरमा उनले निकलाई पानीमा छोड्ने गर्थे पानीमा छोड्ने कारण निकले पानीमा पौड्न सिकास् भन्ने बुवाको चाहना थियो ।

उनले निकको औंलाको मद्दतले टाइप गर्न सिकाए । निक त्यस समय करिब ६ वर्षका थिए । आमाले प्लाष्टिकको एक स्पेसियर डिभाइस बनाइन् । जसको मद्यतले निकलाई कलम रपेनिसल समात्न सजिलो भयो । अप्ठ्याराहरुसँगै आमाबुवाले उनलाई रम्रो स्कुल पठाउन पनि उपयुक्त हुँदैन । नर्मल बच्चाहरुसँग पढाउने उनको निर्णय निकै मुस्किल थियो । किनकी स्मुलमा बच्चाहरु जिस्क्याउँथे ।

तर यो कुरा पछि गएर सत्य सावित हुन पुग्यो । उनले अरु सबै बच्चाहरुको जस्तै काम गर्न सुरु गरे । उनले फुटबल गल्फ खेल्न सिके । विस्तारै पौडी र सर्फिङ पनि सिक्न सफल भए । औंलाको मद्यतले उनी शरिरीलाई सुन्तलनमा राख्छन् र ती औंला नै किक हान्नमा पनि मद्दत गर्छन् । यी स साना औंलाले उनी लेख्छन् र टाइपिङ पनि गर्छन् । १७ वर्षको उमेरमा उनले प्रेयर ग्रुपमा गएर लेक्चर दिन सुरु गरे । २१ वर्षको उमेरमा उनले एकाउन्टिङ र फाइनाइन्समा डिग्री गरे । यसपछि उनले एक मोटिभेसन स्पीकरको रुपमा आफ्नो करियर सुरु गरे ।

निकले ‘एट्टिट्युड इज एट्टिट्युड’ नामले कम्पनी खोले । उनले ‘लाईफ विद आउट लिम्ब्स’ नामक एनजीओ पनि खोले ।

विस्तारै उनी विश्वमा नै मोटिभेसन स्पीकरको रुपमा चिनिए । उनको आफ्नै जीवन चमत्कारिक छ । निक २००७ मा लान्ज एन्जिलेसमा बसे ।

राम्रो कुरा यो हो की उनलाई केनिया मियाहरा नामकी एक जीवन साथी मिलेकी छन् । निकले कहिल्यै सोचेका पनि थिएनन् की शारिरीक कम्जोरीका कारण उनलाई यस्तो कुनै केटी जिन्दगी भरी साथ बस्न चाहने मिल्ने छन् भनेर ।

निकलाई केनिया मिलेपछि दुबै जनाबीच पहिलो नजरमा नै प्रेम हुन गयो । निकको गुड ह्युमर र अर्काको लागि केही गर्न चाहने उनी भित्रको चाहना केनियालाई मन परेको थियो ।

निक निकै समारात्मक सोचका मानिस छन् र उनी खुसी तथा शान्त पनि छन् । अहिले उनी विश्वका मानिसहरुलाई जिन्दगी जिउने तरिका सिकाइरहेका छन् । उनले विश्वका ४४ भन्दा बढी देशको भ्रमण गरिसकेका छन् । र त्यहाँ गएर उनले मानिसहरुलाई सही जिनदगी जिउने तरिका सिकाउने गर्छन् ।

उनी भन्छन् ‘म मानिसहरुलाई आफुलाई माया गर्नको लागि भन्छु । र खसेर उठ्नको लागि प्रेरित गर्न चाहन्छु । यदि मैले जिन्दगीमा एउटा पनि मानिसलाई प्रेरित गर्न सके भने त्यो नै मेरो जिन्दगीको उपलब्धी हुनेछ ।’

No comments:

Post a Comment

watch first and then search