watch first and then search

watch first and then search

Monday, November 14, 2016

पाकिस्तानमा भएको थियो ट्रम्पको जन्म, नाम थियो दाउद इब्राहिम ! (भिडियो सहित)



हेडलाइन पढेर सायद तपाईं अचम्ममा पर्नुभयो होला तर पाकिस्तानको एक न्यूज च्यानलले यस्तै दाबी गरेको छ । पाकिस्तानको च्यानल नियो न्यूजमा प्रसारण भएको एक कार्यक्रममा डोनाल्ड ट्रम्पको जन्म पाकिस्तानमा भएको बताइएको छ ।



वजिरिस्तानको मदरसामा पढाईः
पाकिस्तानी च्यानलको दाबी अनुसार डोनाल्ड ट्रम्पको जन्म पाकिस्तानमा भएको हो र उनको वास्तविक नाम दाऊद इब्राहिम खान थियो ।

उक्त च्यानलका अनुसार सन् १९५४ मा भएको एक सडक दुर्घटनामा ट्रम्पको आमाबुवाको मृत्यु भएको थियो । ट्रम्पले वजीरिस्तानको एक मदरसामा आफ्नो सुरुवाती शिक्षा हाँसिल गरेका थिए ।

भारतीय सैनिकका क्याप्टेनले धर्मपुत्र बनाएः
त्यसपछि बेलायती सेनाका भारतीय सैनिकले उनलाई धर्मपुत्र बनाए र उनलाई लण्डन लिएर गए । यहाँ उनलाई ट्रम्प परिवारले सन् १९५५ मा पुनः धर्मपुत्र बनाए त्यसपछि उनको नाम डोनाल्ड ट्रम्प रहन गयो ।

यति कुरा सुन्दा मानिसहरुले यो कुरा नपत्याउलान् भनी उक्त च्यानलले एक फोटो पनि जारी गर्यो । एक बालकको फोटो पोष्ट गर्दै उक्त फोटो डोनाल्ड ट्रम्प पाकिस्तानमा हुँदाको फोटो भनी दाबी गर्यो ।

सोसल मिडियामा टिप्पणी पछि बनाइयो कार्यक्रमः
सोसल मिडियामा गरिएका केही व्यंग्यको आधारमा च्यानलले उक्त कार्यक्रम बनाएको स्पष्ट गर्यो ।

आधिकारिक रुपमा ट्रम्पको जन्म सन् १९४६ को जून १४ तारिखमा फ्रेड र मेरी ट्रम्पको घरमा भएको थियो । आफ्नो बुवासँग मिलेर ट्रम्पले ग्रेजुएसनपछि रियल स्टेटको व्यवसायलाई अघि बढाए ।

ट्रम्प पाकिस्तानलाई एक समस्या बताउँछन्ः
ट्रम्प राष्ट्रपति बनेपछि पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले उनलाई बधाई दिएका थिए । यद्यपी, ट्रम्प सधैं पाकिस्तानको निकै ठूलो आलोचक हुन् ।

उनले एक पटक भनेका थिए कि पाकिस्तानले ६ वर्षसम्म ओसामा बिन लादेनलाई लुकाएकोमा माफी माग्नुपर्छ ।

यसैवर्षको सुरुवातमा सीएनएनसँगको अन्तर्वार्तामा ट्रम्पले पाकिस्तान संसारको लागि सबैभन्दा ठूलो समस्या भएको बताएका थिए । ट्रम्पलाई विश्वास गर्ने हो भने पाकिस्तान एउटा यस्तो समस्या हो जसलाई ध्वस्त पार्नका लागि भारतलाई संलग्न गराउनै

No comments:

Post a Comment

watch first and then search