watch first and then search

watch first and then search

Thursday, November 24, 2016

घाँसले लियो ज्यान



घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाईते हुनुभएका झापा कनकाई नगरपालिका–२ का ५० वर्षीय श्याम राईको आज मृत्यु भएको छ । स्थानीय सुकेडाँगी सामुदायिक वनमा घास काट्न गएका राई गत मङ्सिर ५ गते घाँस काट्ने क्रममा साजको रुखबाट लडेर गम्भीर घाइते भएका थिए ।

घाइते राईको बिर्तामोडस्थित बि एण्ड सी हस्पिटलमा उपचारका क्रममा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

watch first and then search