watch first and then search

watch first and then search

Monday, November 14, 2016

‘गगन थापाजी हिम्मत छ भने नैतिकता देखाउनुस्’



काठमाडौं, २९ कात्तिक । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले स्वास्थ्यमन्त्री गगन थापालाई नैतिकता देखाउन आग्रह गरेका छन् ।

विशिष्टले १५ लाख भन्दा बढी उपचार खर्च नपाउने स्वास्थ्य मन्त्रालयको कार्यविधिलाई लत्याएर सरकारले आइतबार कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने भनेर गरेको निर्णयको विरोध गर्दै अध्यक्ष पहारीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्वास्थ्यमन्त्री थापालाई ‘हिम्मत छ भने नैतिकता देखाउनुस् । राजीनामा दिएर अनि विरोध गर्नुस्’ भन्दै सुझाव दिएका छन् ।

‘भारतको दलाली गरिरहेको यो सरकारका आशलाग्दा मन्त्री नै गगन थापा थिए । उहाँको असहमति विना कसरी निर्णय भयो । स्वास्थ्यमन्त्रीले नभनीकन पैसा बाड्नै मिल्दैन् । यदि उहाँलाई क्रस गरेर यो निर्णय भएको हो भने उहाँको ठूलो अपमान हो । अब नैतिकताका आधारमा पनि सरकारबाट तुरुन्त राजीनामा दिनुपर्छ,’ पहारीले भनेका छन् ।

सुजातालाई ५० लाख दिने निर्णयमा असहमति जनाएपछि स्वास्थ्यमन्त्रीलाई राजीनामा दिन दबाब परेको छ ।

पहारीले अगाडि भनेका छन्– ‘खुर्सानीको बिऊ रोपेर सुन्तलाको फलको आशा गर्नु बेकार छ । यो सरकार नेपाल र नेपाली जनताको हितमा होइन भारतको दलाली गर्न र मुलुकलाई अधो गतितिर लैजान बनेको हो । सरकारमा बसेर सरकारको बिरोध गर्नु फगत गोहिको आशु झार्नु हो, यसको कुनै अर्थ छैन् ।

No comments:

Post a Comment

watch first and then search