watch first and then search

watch first and then search

Thursday, November 24, 2016

भारतका लागि संविधान संशोधन हुन सक्दैन : केपी ओली



काठमाडौं, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रियता, भौगोलिक अखण्डता, स्वाधीनता, सार्वभौमकिताको रक्षाका लागि एमाले दृढ रहेको बताएका छन् । यस विषयमा कसैलाई भ्रममा नपर्न पनि उनले भनेका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा एमाले भ्रातृ संगठनहरु युवा संघ नेपाल र अनेरास्ववियुले संयुक्त रुपमा आयोजना गरेको ‘संविधान कार्यान्वयन र संशोधनको प्रश्न’ बिषयक बिचार गोष्ठीमा सहभागी हुँदै उनले गणतन्त्रको लागि आफूहरु जेलमा पर्दा दरबार वरीपरी रहेकाहरुले अहिले ठूलो कुरा गर्नुको तुक नरहेको बताए ।

सामाजिक न्याय र सिद्धान्तका लागि एमाले लडेको स्मरण गराउँदै उनले विभिन्न कोणबाट एमालेलाई सिध्याउने खेल भइरहेको बताए ।
राष्ट्रियता एकता कायम गर्नुपर्ने बेलामा धर्म, भाषा, भूगोलका नाममा मुलुकलाई चिरा–चिरा पारेर राष्ट्रिय एकता तोड्ने कार्यलाई एमालेले रोक्ने ओलीको भनाइ छ ।

मुलुकभित्रका सबै नागरिकले समान अधिकार पाउनु पर्ने भन्दै उनले मुलुकमा साम्प्रदायिकता फैलाउने तत्वहरुसँग लडेर पारस्परिक सम्बन्ध जोगाउन अग्रसर हुने बताए ।

संविधान संशोधनका पक्षधर नेताहरुले ‘ संविधान संशोधन केका लागि, कुन विषयमा हो भन्न नसकेको भन्दै उनले वर्तमान सरकारले संक्रमण अवस्थालाई चिर्ने काम गर्नुपर्ने बताए । ‘अहिलेको रुपान्तरित संसद्ले निर्वाचन गराउनु पर्नेमा संशोधनको विषयमा काम गर्न अग्रसर भएको छ’, उनले भने, ‘यो केका लागि हो ?’

नागरिकताको विषयमा संविधान संशोधन गरेर भारतीयहरुलाई सजिलै नागरिकता दिने विषयमा एमाले तयार नहुने भन्दै अध्यक्ष ओलीले प्रश्न गरे, ‘गाविसमा गएर विवाह दर्ता गरेपछि नागरिकता पाइन्छ । यति सजिलै नागरिकता संसारमा कहीँ पाइन्छ ?’

४७ जना नागरिक मार्ने नेतालाई मधेशी मोर्चाका नेताहरु प्रधानमन्त्री बनाउन भोट हाल्न संसद्मा आएको उल्लेख गर्दै उनले भने, ‘बर्षाैंदेखि पटक पटक सरकारमा सहभागी भएका मधेशी मोर्चाका नेताहरुले मधेशका लागि सिन्को भाँचेनन्, छ भने देखाउनुस् ।’

संविधान संशोधन गर्यौँ भनेर भारतलाई देखाउन नेताहरु अग्रसर भएको भन्दै अध्यक्ष ओलीले मधेश र मधेशीको विकास र समृद्धिका लागि एमाले अगाडि बढेको जानकारी दिए । यसका लागि अब एमालेले जागरण अभियान सुरु गर्ने ओलीको भनाइ छ ।

सरकार निर्माण गर्न टाउको ठोक्याएर मित लगाएकाहरुबीच अप्ठारो भइरहेको भन्दै उनले सरकार निर्माण गर्ने बेला कसैका लागि जनाएको प्रतिबद्धता पूरा गर्ने नाममा जनता र मुलुकलाई जोडेको आरोप लगाए ।

मुलुकको आवश्यकताका लागि भए संविधान संशोधन गर्न सकिने भन्दै उनले प्रश्न गरे, ‘भन्नुस् अहिले केका लागि संविधान संशोधन गर्न लागेको ?’

एक्लै प्रधानमन्त्रीलाई भेट्न नमिल्ने भएकाले आज हुने भेटमा साथीहरु लिएर जान लागेको भन्दै उनले, ‘एक्लै भेट्दा कुरा एउटा हुने बाहिर अर्कै भनिने अवस्था छ ।’काठमाडौं, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रियता, भौगोलिक अखण्डता, स्वाधीनता, सार्वभौमकिताको रक्षाका लागि एमाले दृढ रहेको बताएका छन् । यस विषयमा कसैलाई भ्रममा नपर्न पनि उनले भनेका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा एमाले भ्रातृ संगठनहरु युवा संघ नेपाल र अनेरास्ववियुले संयुक्त रुपमा आयोजना गरेको ‘संविधान कार्यान्वयन र संशोधनको प्रश्न’ बिषयक बिचार गोष्ठीमा सहभागी हुँदै उनले गणतन्त्रको लागि आफूहरु जेलमा पर्दा दरबार वरीपरी रहेकाहरुले अहिले ठूलो कुरा गर्नुको तुक नरहेको बताए ।

सामाजिक न्याय र सिद्धान्तका लागि एमाले लडेको स्मरण गराउँदै उनले विभिन्न कोणबाट एमालेलाई सिध्याउने खेल भइरहेको बताए ।
राष्ट्रियता एकता कायम गर्नुपर्ने बेलामा धर्म, भाषा, भूगोलका नाममा मुलुकलाई चिरा–चिरा पारेर राष्ट्रिय एकता तोड्ने कार्यलाई एमालेले रोक्ने ओलीको भनाइ छ ।

मुलुकभित्रका सबै नागरिकले समान अधिकार पाउनु पर्ने भन्दै उनले मुलुकमा साम्प्रदायिकता फैलाउने तत्वहरुसँग लडेर पारस्परिक सम्बन्ध जोगाउन अग्रसर हुने बताए ।

संविधान संशोधनका पक्षधर नेताहरुले ‘ संविधान संशोधन केका लागि, कुन विषयमा हो भन्न नसकेको भन्दै उनले वर्तमान सरकारले संक्रमण अवस्थालाई चिर्ने काम गर्नुपर्ने बताए । ‘अहिलेको रुपान्तरित संसद्ले निर्वाचन गराउनु पर्नेमा संशोधनको विषयमा काम गर्न अग्रसर भएको छ’, उनले भने, ‘यो केका लागि हो ?’

नागरिकताको विषयमा संविधान संशोधन गरेर भारतीयहरुलाई सजिलै नागरिकता दिने विषयमा एमाले तयार नहुने भन्दै अध्यक्ष ओलीले प्रश्न गरे, ‘गाविसमा गएर विवाह दर्ता गरेपछि नागरिकता पाइन्छ । यति सजिलै नागरिकता संसारमा कहीँ पाइन्छ ?’

४७ जना नागरिक मार्ने नेतालाई मधेशी मोर्चाका नेताहरु प्रधानमन्त्री बनाउन भोट हाल्न संसद्मा आएको उल्लेख गर्दै उनले भने, ‘बर्षाैंदेखि पटक पटक सरकारमा सहभागी भएका मधेशी मोर्चाका नेताहरुले मधेशका लागि सिन्को भाँचेनन्, छ भने देखाउनुस् ।’

संविधान संशोधन गर्यौँ भनेर भारतलाई देखाउन नेताहरु अग्रसर भएको भन्दै अध्यक्ष ओलीले मधेश र मधेशीको विकास र समृद्धिका लागि एमाले अगाडि बढेको जानकारी दिए । यसका लागि अब एमालेले जागरण अभियान सुरु गर्ने ओलीको भनाइ छ ।

सरकार निर्माण गर्न टाउको ठोक्याएर मित लगाएकाहरुबीच अप्ठारो भइरहेको भन्दै उनले सरकार निर्माण गर्ने बेला कसैका लागि जनाएको प्रतिबद्धता पूरा गर्ने नाममा जनता र मुलुकलाई जोडेको आरोप लगाए ।

मुलुकको आवश्यकताका लागि भए संविधान संशोधन गर्न सकिने भन्दै उनले प्रश्न गरे, ‘भन्नुस् अहिले केका लागि संविधान संशोधन गर्न लागेको ?’

एक्लै प्रधानमन्त्रीलाई भेट्न नमिल्ने भएकाले आज हुने भेटमा साथीहरु लिएर जान लागेको भन्दै उनले, ‘एक्लै भेट्दा कुरा एउटा हुने बाहिर अर्कै भनिने अवस्था छ ।’

No comments:

Post a Comment

watch first and then search