स्कुले जिवनमा बुबाको भनाई नमानेर बुबाको इच्छा विपरीत काम गर्दै हिड्ने झापा दमकका रोहित राई अहिले ब्रिटिस आर्मीमा कार्यरत छन् ।
उ बेला बुबाको मन दुखाएकोमा भगवानसँग क्षमा माग्ने उनी हाल बुबाको सपना पुरा गर्ने ध्याउन्नमा छन् । विक्रम संम्बत २०३१ साल श्रावण १८ गते दमक १९ सानो बाह्रघरेमा जन्मिएका उनी बुबाको लयर बनाउने चाहाना पुरा गर्न छोडेर मन दुखाएकोमा आफुले जीवनमै कहिल्यै नभुल्ने गल्ति गरेको ठान्छन् ।
८/९ बर्षको हङ्गकङ्ग बसाइपछि बेलायत पुगेका उनी २०६० सालमा ब्रिटिस आर्मीमा भर्ति भए । सो दिनलाई आफनो जिवनको टर्निङ्ग प्वाइन्ट मान्ने उनी विश्वका ३५ भन्दा बढी देश घुमिसकेका छन् । आतंकबादका विरुद्ध ब्रिटिस आर्मीको फोर्समा रहेर उनले अफगानिस्तानमा आतंकबाद विरुद्ध कार्य गरिरहदा मृत्यसँग लडेर बाँचेको अनुभव सुनाउने उनी प्रजातन्त्र सेनानी स्व. मुगाधन राई तथा कृष्णकुमारी राइका १० औं सन्तान हुन् ।
उनी अहिले बेलायतमा बसेर नेपालमा के गर्ने भनेर योजना बनाउँछन् ।
यसमा ब्रिटिस आर्मीका प्रशिक्षक खुकुरी ट्रेनर उनकै दाई राष्ट्र राईले साथ दिएका छन् । विद्यार्थी जिवनमा बुबाको मन दुखाएका उनी अहिले बुबाको चाहाना अनुसार लयर नबनेकोमा बुबाको आत्माको शान्तिका लागि भन्दै एक ट्रष्टका माध्यमबाट सामाजिक कार्यमा होमिएका छन् ।
बुबा आमाको नाममा परिवारका सबै सदस्य मिलेर खोलेको मुगाधन कृष्ण कुमारी राई मेमोरियल ट्रष्टका नामबाट उनले स्वदेश आए लगत्तै एक म्याराथुनको आयोजना पनि गरे । जसलाई उनले यस क्षेत्रमा रहेका दौड प्रति रुची राख्नेलाई सम्मान गर्न आयोजना गरिएको भनी प्रष्ट्याए ।
म्याराथुन गर्नुअघि उनले पुर्व क्षेत्रमै पहिलो पटक च्यारिटी डान्सपार्टीको पनि आयोजना गरि मनोरञ्जन दिलाउने प्रयास गरे । उनी र राष्ट्र राईकै सहयोगमा सगरमाथा मल्टि मार्शल आर्ट एकेडेमी स्थापना गरि हाल प्रशिक्षक दीपक धिमालले निशुल्क तालिम पनि दिइरहेका छन् ।
भविष्यमा विभिन्न क्षेत्रका गरिव विद्यार्थीहरुलाई आफ्नै लगानीमा अध्ययन गराउने उदेष्य रहेको बताउने उनी समाज नबनुन्जेल र नबदलुन्जेल मुलुक बन्न नसक्ने बताउँछन् । अहिले विदामा स्देश आएका उनले झापाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाइ जाडोका न्यानो कपडा वितरण गरिरहेका छन् भने विद्यालय भवन निर्माण र गरिव विद्यार्थीहरुलाइ आफ्नै लगानीमा अध्यापन गराइरहेका छन् ।
यसमा दिदि सभासद महेन्द्रा सुब्बाले पनि उनलाई साथ दिइरहेकी छिन् । दिदीसँगै रहेर विहीबार मात्र दमक स्थित सरस्वती उमावीका दृष्टीविहिन विद्यार्थीहरु प्रशिकहरुलाइ जाँडोका न्यानो कपडा वितरण गरे ।
उनले यो त केवल शुरुवात मात्र भएको र अझै धेरै गर्न बाँकी रहेको बताए । समाज सेवा नै उत्तम जीवन भन्ने बुबाको विचारलाई ठ्याक्कै टिपेका उनी ब्रिटिस आर्मी पछिको जिवन समाज सेवामै समर्पित गर्ने योजनामा छन् ।
No comments:
Post a Comment