watch first and then search

watch first and then search

Sunday, November 13, 2016

आमाको बिर्सनै नसकीने महिमा गाउँदै बिरही कार्कीले भने ‘आमाको तस्विर हातैमा, न दिनमा न बोल्छ रातैमा’



काठमाडौँ । सुनखानीमा सुन, भन्ने जे भनुन् उनी मेरै हुन् बोलको चर्चित गीतका सर्जक बिरही कार्कीले नयाँ गीतको भिडियो आमाको तस्विर हातैमा सार्वजनिक गरेका छन् । आमा भाग ३ एल्बममा समावेश यो गीतमा गायक कार्कीले आमाको बिर्सनै नसकीने महिमा गाएका छन् ।

कार्कीले भनेका छन् आमा तिमी मेरा लागी भगवान् हौ, तिमीले के गरिनौ र ? आमाको तस्विर हातैमा, न दिनमा न बोल्छ रातैमा मार्फत उनले आफ्नी आमाको मात्रै कुरा नगरी सम्पुर्ण नेपालीहरुका आमाको कुरा गरेका छन् ।

गीतमा गायक कार्कीकै शब्द, संगीत र स्वर रहेको छ । आमाको सम्झनामा फूलमाया फाउण्डेसन खोलेर गायक कार्कीले पछिल्लो समय सामाजिक कर्ममा समेत हात फैलाएका छन् ।

No comments:

Post a Comment

watch first and then search