watch first and then search

watch first and then search

Sunday, November 13, 2016

कैलालीमा बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी




कार्तिक, २८ नेपालगन्ज ।

नेपाल बन्दको अवज्ञा गरेको भन्दै कैलालीको गेटामा ट्रकमा आगजनी गरिएको छ । दाङबाट सिमेन्ट लिएर धनगढी गइरहेको से १ ख ४३७ नम्बरको ट्रकमा अत्तरीया नगरपालिका १२ गेटामा बिस्कुट फ्याक्ट्री नजिक आगजनी गरिएको हो ।

आज बिहान साढे ६ बजे अल्फाबेट नखुलेको ९०१२ नम्बरका निलो रङको मोटरसाइकलमा आएका दुइजना अपरिचित व्यक्तिले ट्रकमा आगजनी गरेका हुन ।

आगजनीबाट ट्रकको अगाडीको भाग जलेपछि पछाडीको भाग र मानवीय क्षति नभएको क्षेत्रीय ट्राफिक कार्यालय अत्तरीयाले जनाएको छ । आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

watch first and then search