watch first and then search

watch first and then search

Sunday, November 13, 2016

साढे १२ करोड रुपैयाँको लागतमा झापामा एनएमसी डेरी उद्योग



बिर्तामोड । झापाको मेचीनगर–१३ स्थित जोरसिमल नजिकै साढे १२ करोड रुपैयाँको लागतमा एनएमसी डेरी उद्योग सञ्चालनमा आएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको पूर्ण स्वामित्वमा सञ्चालित डेरी उद्योगको उद्घाटन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो ।सहकारी संस्थाको एकल स्वामित्वमा १२ करोड ६५ रुपैयाँको लगतमा स्थापना भएको डेरीले गत बैशाख १ गतेबाट परीक्षण उत्पादन शुरु गरेको थियो ।

उद्घाटन समारोहमा बोल्दै उद्योगका प्रबन्ध निर्देशक डेरीविद् तथा पोषणविद् श्यामकुमार मिश्रले दैनिक १० हजार लिटर दुध प्रशोधन तथा वितरण गर्दै आएको उद्योगकको प्रति घण्टा ३ हजार लिटर दुध प्रशोधन तथा उत्पादन गर्न सक्ने क्षमता रहेको बताउनुभयो । कार्यक्रममा सहकारीका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसी डेरीको मुख्य ध्यान नै गुणस्तरमा रहेको बताउँदै आम उपभोक्ताको अपेक्षालाई अझ उचाईँसम्म पु¥याउने बताउनुभयो ।

उहाँले सामाजिक रुपमा असल चरित्रको निर्माण अभियानमा जुटेको एनएमसी आफ्नो लक्ष्य अनुरुप अघि बढेको धारणा राख्नुभयो । कार्यव्रmमका प्रमुख अतिथि समेत रहनु भएका नेकपा एमालेका अध्यक्ष ओलीले एनएमसीलाई अझ् उचाईमा पु¥याउँदै सेवा ग्राहीको मन जित्न शुभकामना दिनुभयो ।

No comments:

Post a Comment

watch first and then search