watch first and then search

watch first and then search

Friday, November 18, 2016

महिला एसिया कप क्रिकेटका लागि कुन-कुन नेपाली खेलाडी छानिए ?





काठमाडौं। आसन्न एशिया कप टी-२० महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। प्रशिक्षक, कप्तान तथा आइसीसी प्रतिनिधि सम्मिलित छनौट समितिले आज १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। टोलीको कप्तानीको जिम्मेबारी रुविना क्षेत्रीलाई कायमै राखिएको छ। गत महिना सम्पन्न छनौट प्रतियोगिता खेलेकी शर्मिला शाही भारतीय रेल्वेका लागि प्रशिक्षणका क्रममा चोटग्रस्त बनेपछि टोलीमा समाबेश गरिएको छैन। डाक्टरले उनलाई कम्तिमा तीन साता मैदानबाहिर रहन भनेका छन्।

उनको स्थानमा संगीता राई टोलीमा अटाएकी छन् भने शोभा आलेलाई पनि टिममा ल्याइएको छ जो अघिल्लो प्रतियोगितामा थिइनन्। नेपाली टोलीका अन्य सदस्यहरुमा इन्दु बर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, करुणा भण्डारी, नेरी थापा, नीरा राजोपाध्याय, रश्मी शर्मा चौलागाईं, रोशनी बोहर, सवनम राई, सीता मगर, सरस्वती कुमारी चौधरी र सीता रानामगर छन्।

आगामी नोभेम्बर २६ देखि डिसेम्बर ४ सम्म हुने एशिया कप महिला टि-२० क्रिकेटमा नेपालले एशियाली टेष्ट मुलकका टोलीहरुसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल २६ नोभेम्बरमा पाकिस्तानसँग खेल्नेछ। त्यस्तै २८ नोभेम्बरमात्स्तै दोस्रो श्रीलंका, तेस्रो बंगलादेश, चौँथो थाइल्याण्ड र पाँचौँ खेल भारतीय टोलीसँग खेल्ने छ।

No comments:

Post a Comment

watch first and then search