काठमाडौं, २७ कात्तिक– सोलिडारिटी कपको सेमिफाइनलमा पु–याउनमा सबैभन्दा ठूलो हात गोलकिपर किरण चेमजोङको रह्यो । लाओस विरुद्धको शनिवारको खेलमा ट्राइबे्रकरमा लाओसले हानेको तीनवटै गोल नेपालका गोलकिपर किरण चेमजोङले रोकेपछि नेपालले खेल जितेको थियो । गोलकिपर चेमजोङ हाल मनाङ मस्र्याङदी क्लबको तर्फबाट खेल्ने गर्छन् । -
राष्ट्रिय लिग खेलमा उत्कृष्ट गोलकिपरको उपाधि पाएका चेमजोङ साफस्तरीय उत्कृष्ट गोलकिपरमा गनिन्छन् । स्नातक स्तरको पढाइ गर्दागर्दै चेमजोङ एन्फामा प्रवेश गरेका थिए । शुरूमा उनले मच्छिन्द्र फुटबल क्लबबाट गोलकिपरको रूपमा आफ्नो क्यारिएर अगाडि बढाएका थिए । फुटबल खेलमा उत्कृष्ट क्याच र बचाउ गर्ने क्षमता राख्ने चेमजोङले छोटो समयमै आफूलाई उत्कृष्ट गोलकिपरका रूपमा उभ्याउन सफल भए ।

२०६५ सालमा चेमजोङले थ्रिस्टार क्लबसँग आबद्ध भएका थिए । राष्ट्रिय स्तरका ब्रिटिस गोर्खा कप र आशा गोल्ड कप टुनामेन्टमा उत्कृष्ट गोलकिपरको उपाधि हात पारेका थिए । सन १९९०मा चेमजोङ धनकुटामा जन्मेका थिए । अरू गोलकिपरभन्दा अग्ला ६ फिट २ इन्च कदका चेमजोङ उत्कृष्ट डाइभिङ गरेर बल क्याच गर्न माहिर मानिन्छन् ।
उनको पहिलो अन्तर्राष्ट्रिय म्याच कम्बोडियामा भएको सन २००८ को एफसी च्यालेन्ज कप थियो । दुर्भाग्यवश उक्त म्याचमा उनको बुद्धिबंगारा भाँचिएको थियो । सन २०१२ मा भारतमा भएको नेहरु कपमा म्यान अफ म्याचबाट सम्मानित भएका थिए । उनको खेलको प्रशंसा इण्डियन मिडियाले समेत प्रशंसा गरेका थिए ।
हालै उनी नेपाली राष्ट्रिय टिमका प्रमुख गोलकिपरका रूपमा खेलिरहेका छन् । हाइबलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने गोलकिपरका रूपमा चेमजोङलाई मानिन्छ ।
No comments:
Post a Comment