लगभग ४० साल पुरानो विश्वकै सबैभन्दा पुरानो र खतरनाक सुरुङ चीनमा बनाइएको थियो। १ हजार २ सय मीटर लामो यो खतरनाक पुल बनाउन पाँच वर्षको मेहनत लागेको थियो।
मानिसको लागि यो खतरनाक सुरुङमा जाने अनुमति १ मे सन् १९७७ मा दिएको थियो। त्यो डरलाग्दो खतरनाक पुलको ढोका 30 फरक फरक आकारमा आकर्षक तरिकाले बनाइएको थियो।
चीनको तैहाङ पहाडलाई बीचबाट फोडेर गुओलियाङग टनेल बनाइएको थियो। यो नै संसारको सबैभन्दा ठूलो र खतरनाक टनेल मध्ये एक र पुरानो हो। यसको निर्माण सन् १९७२ मा भएको थियो।
चीनको हुनान प्रान्तमा रहेको यो ‘गुओ लियान’ कुन गाउँमा रहेको छ। योलाई बाटोलाई क्लिफ करिडोर समेत भन्ने गरिन्छ। यो गाउँमा करिब ८३ घर परिवार बस्दै आएका छन्।
यो खुरुमा पहिला पैदल मात्र हिड्न दिइएको थियो जसले चीनको हुइक्सियान, झिनझियांग र हुनान प्रान्तलाई जोड्ने गर्दथ्यो। यसको यात्रा धेरै मुश्किल रहेको थियो। करीब ७२० वटा पहाडी बनेको घुम्ति बाटोहरुलाई पार गरेर टनेल पार गरिन्थ्यो।
बाटोको बीचमा भर्याङहरु निक्कै खतरनाक रहेको थियो। किनकी ती भर्याङहरु बिना सिक्री र रेलिङको थियो। गाउँको मुखिया शेन मिंगजिंगले आफ्नो बाख्रा र दबाइ बेचेर हथौडा र बाँकी ओजार किनेका थिए।
जम्मा १३ जना मिलेर यो प्रोजेक्टको काम सुरु गरेका थिए जसको निर्माण कार्य पाँच वर्ष लगाएर पूरा भएको थियो। यो टनेल पाँच मिटर उचाइ तथा चार मिटर चौडाइमा रहेको छ। यसका साथै टनेल निर्माणमा १२ टनको ड्रिल रड तथा ४ हजार हथौडाको प्रयोग गरिएको थियो।
No comments:
Post a Comment