watch first and then search

watch first and then search

Friday, November 11, 2016

भारतको गार्मेन्ट कारखानामा आगलागीमा परी १५ जनाको मृत्यु

नयाँ दिल्ली, २६ कात्तिक । भारतको राजधानी नयाँ दिल्लीनजिकै रहेको एक गार्मेन्ट कारखानामा शुक्रबार बिहानै भएको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । यसमा परी अरु कैयौ घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । सानो झिल्कोबाट सुरु भएको उक्त आगलागी केही समयमा नै कारखानाभरी फैलिएको बताइएको छ । उत्तरी भारतीय राज्य उत्तर प्रदेशबाट २५ किलोमटिर मात्र टाढा रहेको राष्ट्रिय राजधानीनजिकै रहेको साहिबावादमा अवस्थित एक गार्मेन्ट कारखानामा आगालगी भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । घटनास्थलबाट १५ जनाको शव निकालिएको र घाइतेहरुलाई विभिन्न अस्पतालहरुमा उपचारका लागि भर्ना गरिएको प्रहरीले बताएको छ ।

No comments:

Post a Comment

watch first and then search