अफगानिस्तान, २६ कात्तिक । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको मजार ए सरिफ इलाकामा अवस्थित जर्मन महावाणिज्य दूतावासको कार्यलयलाई लक्ष्यगरी एक आत्मघाती बम आक्रमण भएको छ । आक्रमणमा परी छ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ११५ जना घाइते भएका स्थानीय सुरक्षा अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।
आक्रमणमा परी मारिएका र घाइते सबै सर्वसाधारण भएको बताइएको छ । घाइतेमध्ये १७ बालबालिका र १० महिला भएका बताइएको छ । घाइते सबैलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ । जर्मन विदेश मन्त्रालयले आक्रमणमा दूतावासका कर्मचारी नपरेको जानकारी दिएको छ । तर दूतावास भवन भने नराम्ररी ध्वस्त भएको बताइएको छ । यसमा के कति अफगान नागरिक, सुरक्षा अधिकारी मारिएका वा घाइते भएका त्यस एकिन सङ्ख्या प्राप्त नभएको पनि विदेश मन्त्रालयले जानकारी दिएको छ ।
No comments:
Post a Comment