watch first and then search

watch first and then search

Friday, November 25, 2016

झापाका छुट्टाछुट्टै स्थानमा आज चार शव फेला



झापाका छुट्टाछुट्टै स्थानमा आज चार शव फेला परेको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक, तोपगाछी र गौरादहमा दुई महिलासहित ती शव फेला परेको हो । तीन दिनदेखि बेपत्ता दमक–४ का मनकुमार कार्की आज दिउँसो दमकस्थित भालुखोलाका कल्र्भटमुनि पानीमा डुबेर घाँटी बाँधिएको अवस्था मृत फेला परेका हुन् । त्यसैगरी तोपगाछी– ५ की रोजिना राईको आफ्नै घरमा झुन्डिएको अवस्थामा शव फेला परेको छ ।

आजै गौरादह–४ क डिकमाया सुब्बा आफ्नै घरमा मृत फेला परेकी छन् । दमकको भुटानी शरणार्थी शिविर बेलडाँगी–२ छाप्रो नं १० का पदम गजमेर पनि मृत फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

watch first and then search