watch first and then search

watch first and then search

Thursday, November 24, 2016

युएईको अलऐनमा १४ नेपाली अलपत्र, धेरैजसो चितवनका



युएई । संयुक्त अरब एमिरेट्स (युएई)को अलऐनमा १४ जना नेपाली अलपत्र परेका छन् । सुरक्षा गार्डको रुपमा ४ महिना अघि युएई आएका उनीहरु कम्पनीले काम नदिएका कारण समस्यामा परेका हुन् ।

काठमाडौं पुरानो बानेश्वरमा रहेको डेस्टिनी प्लेसमेन्ट सर्भिस म्यानपावर मार्फत प्रतिव्यक्ति झन्डै २ लाख ५० हजारदेखि ३ लाख रूपैयाँसम्म तिरेर आएका उनीहरुले करार पत्रमा भनेअनुसार काम नपाएको बताएका छन् ।

युएईमा रहेको एक सेक्युरिटी कम्पनीमा काम लगाइदिने भन्दै म्यानपावरले आफूहरुले पठाएको उनीहरूले बताए । भनेजस्तो काम नपाएपछि अलपत्र परेको र आफूहरुसँग खानका लागि पनि पैसा नरहेको उनीहरुको भनाइ छ ।

अलपत्र पर्नेहरू धेरैजसो चितवनका युवा छन् । अलपत्र मध्ये चितवनका अमृत भुजेल, जोगनारायण चौधरी थारु, सुनिल थारु, पवन अधिकारी, विष्णु सिलवाल र आशिष चौधरी छन् ।

त्यस्तै भोजपुरका खेमराज कटुवाल, मोरङका बिनोद चौहान, गोरखाका हरिराम थापा मगर र नारायण थापा मगर छन् ।

त्यस्तै उदयपुरका भोजप्रसाद दनुवार, नवलपरासीका नारायण दत्त भट्ट, सुन्दर बिके र बर्दियाका प्रदिप शर्मा ढकाल रहेका छन् ।

उनीहरुले महिनामा चार दिन बिदासहित दैनिक १२ घण्टा काम गरे बापत १७ सय ८२ दिराम्स अर्थात झन्डै साढे ५२ हजार तलब पाउने भनेर नेपालमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । तर कम्पनीले चाँडै नै काम लगाउने भन्दै राखेर ४ महिनासम्म कुनै काम नदिएको बरु उल्टै नेपाल फर्काउने धम्की दिने गरेको उनीहरूले बताए । अलपत्र परेका नेपालीले आफूहरुलाई युएई पठाउने म्यानपावर एजेन्सीलाई करार पत्रमा भनेअनुसार काम युएई आएर नपाएको भन्दै पटक-पटक जानकारी गराउँदा समेत वास्ता नगरेको बताएका छन्

उनीहरुले दूतावास गएर आफूहरु समस्यामा परेको र कम्पनीले नेपाल पठाउन लागेको जानकारी गराएका छन् । दूतावासले पत्र लेखेर सम्बन्धित म्यानपावरलाई कारबाहीका लागि अनुरोध गरेको छ । त्यस्तै दूतावासले सम्बन्धित कम्पनीले आगामी दिनमा ल्याउने मागपत्रलाई स्वीकृत नगर्ने र कामदारबाट लिएको रकम फिर्ता गराउन सम्बन्धित निकायमा खबर गरेको नेपाल राजदूतावासले जनाएको छ ।

म्यानपावर सञ्चालक सुमन श्रेष्ठले आफू दुई-तीन दिन भित्रमा युएई आउने र काममा लगाउने भन्दै महिनौ कुराएको पीडितहरूले झापाली समाज युएई सङ्गको भेटमा बताए।

झापाली समाज युएईले पीडितलाई भेटेर तत्काल आवश्यक पर्ने खाद्यान्न सामग्री उपलब्ध गराएको छ। झापाली समाज युएई अल ऐन क्षेत्रीय समितिको आगुवाइमा गएको टोलीले सबै पीडितलाई भेटेर खाद्यान्न वितरण गरेको हो।

सबैजसोले केहि गरिदिने आश्वासन दिएर जाने गरे पनि दिस्रो तेस्रो दिनबाट फोन रिसिभ नगर्ने र वास्ता नगर्ने गरेको गुनासो पीडितहरुले झापली समाज युएइसँगको भेटमा गरे ।

No comments:

Post a Comment

watch first and then search