watch first and then search

watch first and then search

Saturday, November 26, 2016

बच्चालाई ज्वरो आउँदा के गर्ने, के नगर्ने ?



शिशुलाई ज्वरो आउँदा अभिभावक पनि शारीरिक र मानसिक रुपमा पीडित हुन्छन् । तर, ज्वरो संक्रमणविरुद्ध जुध्ने शरीरको आफ्नै तरिका हो । कतिपय अवस्थामा ज्वरो एक भाइरल संक्रमण हो, जुन आफँै बिस्तारै निको हुन्छ । यसको अर्थ यो होइन कि बच्चालाई उपचार र हेरचाहको आवश्यकतै छैन । शिशुलाई उच्च ज्वरो आउँदा निम्न विषयमा बिचार पु¥याउनुपर्छ ः

एन्टिबायोटिक दिन हतार नगर्नुहोस् । हो, कतिपय अवस्थामा १०१, १०२, १०३ डिग्री ज्वरो आएका बालबालिकालाई पनि एन्टिबायोटिक आवश्यकता पर्दैन । सामान्य प्यारासिटामोल सिरप खुवाएर पनि ज्वरो घटाउन सकिन्छ । स्मरण रहोस्, ब्याक्टेरियाको संक्रमणले ज्वरो आएको चिकित्सकले पहिचान गरेपछि मात्र एन्टिबायोटिक दिइन्छ ।

हातको विशेष सरसफाइ गर्नेः संक्रमणलाई न्यून गर्र्न पनि बारम्बार बिरामीको हात मनतातो पानीले धोइदिनुपर्छ । खाना खानुअगाडि र पछि एन्टिसेप्टिक प्रयोग गर्नुपर्छ ।

सधैँ ताजा खानेकुरा खान दिनुहोस् । फलफूल, घरमै बनाएको फलफूलको जुस, घरमै बनाएको अन्य खानेकुरा खुवाउँदा बच्चाको प्रतिरोधी क्षमता राम्रो हुन्छ ।

ज्वरोसँगै बच्चालाई वान्ता र पखाला लागेको छ भने उसलाई जबर्जस्ती नखुवाउनुहोस् । बरु झोलिलो कुरा र पानी पिउन दिनुहोस् । फलफूलको जुस र पानीले डिहाइड्रेसनबाट बचाउछ ।

बच्चाको खानेकुरामा प्रशस्त सागसब्जी (प्रोबायोटिक डाइट) समावेश गर्नुहोस् । यसले पाचन प्रक्रियामा सहयोग गर्नुका साथै प्रतिरोध क्षमतालाई सुधार्छ ।

शरीरको तापक्रम घटाउन मनतातो पानी वा चिसो पानीमा नरम लुगा भिजाएर टाउको र पाइतालामा राखिदिनुहोस् । तापक्रम बढ्नेबित्तिकै यो प्रक्रियालाई दोहो¥याउन सक्नुहुन्छ ।

बच्चाले पिसाब गरेको छ, छैन भन्ने ख्याल गर्नुहोस् । ज्वरो आउँदा बच्चाले पाँच, ६ घन्टासम्म पनि पिसाब फेरेको छैन भने उसलाई डिहाइड्रेसन भएको हुन सक्छ । यस्तो अवस्थामा ग्लुकोज पानी चढाउनुपर्ने हुन्छ ।

वान्ता गरेपछि तरल वा अन्य कुनै खानेकुरा खान नदिनुहोस् । कुनै खानेकुरा वा जुस दिनुअगाडि वान्ता गरेपछि कम्तीमा ३० मिनेट कुर्नुहोस् ।

बच्चाको ज्वरो तीन दिनसम्म पनि घटेन र दिनमा पाँचपटकसम्म वान्ता गरेमा तपाईंले बाल विशेषज्ञको सहयोग लिनुपर्छ । यस्तो अवस्थामा अस्पतालमा बच्चाको रगत र पिसाब जाँच गरिन्छ ।

धैर्य गर्नुहोस् । अभिभावकको शान्त स्वभावले पनि बच्चालाई छिटो निको हुन सजिलो बनाउँछ ।

-

No comments:

Post a Comment

watch first and then search