watch first and then search

watch first and then search

Monday, November 14, 2016

भोलि एएफसी सोलिडारिटी कपको उपाधि जित्ने लक्ष्य राख्दै गर्दा मलेसियाबाट स्टाइगर बिमल घर्तीमगर ले पठाए यस्तो संदेश



काठमाडौं २९ कार्तिक – एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउको सामना गर्न नेपाल तयार भएको छ । फाइनल खेल भोलि मंगलबार मलेसियाको कुन्चिङमा हुनेछ । र, नेपाल मकाउलाई हराएर एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको पहिलो उपाधि उचाल्ने दाउमा छ । साथै लगातार सात खेलमा अपराजित नेपाल एकै क्यालेन्डर इयरमा उपाधिमा हृयाट्रिक गर्न चाहन्छ । नेपाली टोली फइनल खेल्न तयार भएको छ । फाइनल खेल्नुपूर्व नेपाली टोलीका चर्चित स्ट्राइकर बिमल घर्तीमगरले मकाउसँगको खेल टिमको मात्रै नभएर सम्पूर्ण नेपालीको रहेको बताएका छन् । बिमलले फेसबुकमा मंगलबार हुने मकाउसँग तीन करोड नेपाली खेल्ने र नतिजा आफूहरुको पक्षमा आउने आशा रहेको उल्लेख गरेका छन् । यो खेल टिमका ११ खेलाडीको मात्रै नरहेको उनको भनाई छ । उनले भनेका छन्– ‘भोली मकाउसंग फाइनल खेल्दा ३ करोड नेपाली खेल्दै छौ । आशा गरौ नतिजा हाम्रो पक्षमा आउनेछ ।’

No comments:

Post a Comment

watch first and then search