watch first and then search

watch first and then search

Sunday, October 16, 2016

अदालतबाट जन्मकैदको सजायँ पाएर फरार भएका घले १५ वर्षपछि पक्राउ






timthumbकाठमाडौं ३० असोज | काठमाडौं जिल्ला अदालतबाट जन्मकैदको सजायँ पाएका फरार व्यक्तिलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। मनाङ भाक्रा गाविस ३ घर भइ काठमाडौं १७ धोविचौरमा बस्ने राजु घलेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गरेको डिआइजी नवराज सिलवालले जानकारी दिए।
चार वर्ष दक्षिण कोरियामा गइ उनी बसेको र स्वदेश फर्किएपछि पक्राउ गरिएको सिलवालले बताए। पछिल्लो समय भारतमा गएर बस्नका लागि घलेले चाँजोपाचो मिलाएका थिए। उनी एक दुई दिनभित्रै भारतमा गएर बस्ने सूचना प्रहरीले पाएको थियो।
कर्तब्यज्यान मुद्दामा काठमाण्डौं जिल्ला अदालतको २०६४ साल पुस १२ गते उनलाई जन्मकैदको सजाय सुनाएको थियो।
२०५७ साल कात्तिक १८ गते ठमेलको जुली ५४ डिस्कोमा सुवर्ण गुरुङलाई धारिलो हतियार हानेर घलेले घाइते भएका थिए। सुवर्णको सोही दिन वीर अस्पतालमा मृत्यु भएको थियो। घलेलाई काठमाडौं जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाईएको छ ।

No comments:

Post a Comment

watch first and then search