watch first and then search
watch first and then search
Monday, October 17, 2016
बिमानस्थलमा १८ नेपालीको लगेज चोरी भएको घटनाको छानबिन गर्न समिति गठन
काठमाडौँ १ कार्तिक – गत शुक्रबार साउदीबाट साउदी अरबबाट फर्किएका १८ नेपालीको लगेज चोरी भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । त्रिभुवन विमानस्थलको स्टाफ बैठकले प्रवक्ता प्रेमनाथ ठाकुरको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको हो ।
समितिमा हवाई सुरक्षा महाशाखाका प्रमुख प्रकाशचन्द्र ढकाल, एरोड्रम सेफ्टी अफिसका प्रमुख छविलाल खनाल, प्रशासन महाशाखाका वरिष्ठ अधिकृत लगायत रहेका छन् । छानबिन समितिले सामान नेपालकै विमानस्थलमा चोरी भएको हो वा अन्य विमानस्थलमा नै भएको हो भन्ने बारेमा खोजिगर्ने बताइएको छ । प्रवक्ता ठाकुरका अनुसार घटनाका दोषीबारे पनि अनुसन्धान गरी समितिलाई प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको छ । यसैबीच एयरलाइन्सले पीडितहरुलाई क्षतिपूर्ति दिएको छ । ब्यागको ट्यागमा लेखिएको भन्दा कम तौल देखिएका पीडितहरुलाई फ्लाई दुबइले क्षतिपूर्ति दिएको विमानस्थलका प्रवक्ता ठाकुरले जानकारी दिनुभयो । पीडितहरुले भने आफ्ना मोबाइल पनि हराएको दाबी गरेका छन् । मोबाइल हराएको हो कि होइन भन्नेबारेमा पनि छानबिन गर्ने उहाँले बताउनुभयो ।
सामान चोरीको घटना साउदीमै भएको हुन सक्ने भन्दै छानबिन समितिले नेपालस्थित साउदी दूतावासका प्रतिनिधिलाई छानबिनमा सहयोग गर्न आग्रह गरेको छ । त्रिभूवन बिमानस्थलमा यस अघि पनि पटक पटक यात्रुका सामान चोरी हुँदै आएको थियो । बिमान स्थलको सुरक्षा सम्बेदनशीलतालाई लिएर पछिल्लो समय निकै प्रश्न उठ्ने गरेको छ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment