watch first and then search
watch first and then search
Monday, October 17, 2016
त्रिभुवन विमानस्थलमा सामान चोरी घटना छानबिन गर्न समिति गठन, प्रतिवेदन बुझाउन पाँच दिनको समय
गत शुक्रबार साउदी अरबबाट आएका १८ जना नेपालीको ‘लगेज’ फुटाएर सामान चोरी भएको भन्ने घटना छानबिन गर्न समिति गठन गरिएको छ । त्रिभुवन विमानस्थलको स्टाफ बैठकले प्रवक्ता प्रेमनाथ ठाकुरको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरिएको हो । समितिमा हवाई सुरक्षा महाशाखाका प्रमुख प्रकाशचन्द्र ढकाल, एरोड्रम सेफ्टी अफिसका प्रमुख छविलाल खनाल, प्रशासन महाशाखाका वरिष्ठ अधिकृत लगायत छन् । छानबिन समितिले सामान नेपालकै विमानस्थलमा चोरी भएको हो कि अन्य विमानस्थलमा भन्ने पत्ता लगाउनेछ भने घटनाका दोषीबारे पनि अनुसन्धान गर्नेछ । समितिलाई प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको छ ।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment