watch first and then search
watch first and then search
Tuesday, October 18, 2016
भारत र पाकिस्तान जस्तै अब नेपाल र मदेश टुक्रा हुन्छ भन्दै
सत्तारुढ नेपाली कांग्रेसका एकजना प्रभावशाली केन्द्रीय सदस्य तथा सांसदले संविधान संशोधन गरेर मधेसी, मुस्लिम र थारुका माग सम्बोधन नभए नेपालको हालत पाकिस्तानबाट बंगलादेश टुक्रिए जस्तै हुने चेतावनी दिएका छन् ।
व्यवस्थापिका संसदको मंगलवारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस नेता फरमुल्लाह मन्सुरले भने, ‘पाकिस्तानमा सत्तरीको दशकमा यसैगरी पूर्वी पाकिस्तानका मुस्लिमले आफ्नो शासन आफैं चलाउने अधिकार माग्दा राज्यले नदिएपछि पूर्वी पाकिस्तान फुटेर बंगलादेश बनेको स्मरण गराउन चाहान्छु ।’
संविधान संशोधन नभई कुनै पनि तहको निर्वाचन हुन नसक्ने भन्दै मन्सुरले आफूहरुले असहमति राखेर संविधानसभामा मतदान गरेको बताए । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले ९० प्रतिशतले जारी गरेको संविधान १० प्रतिशतले मान्दिन भन्दैमा बिना औचित्य संशोधन हुँदैन भनेकोतर्फ संकेत गर्दै उनले यसो भनिएमा देश टुक्रिन सक्ने उदाहरण दिएका हुन् ।
उनले भने, ‘९० प्रतिशतले संविधान जारी गरेको भन्नेहरुलाई म स्मरण गराउन चाहान्छु कि, हामीले त्यसबेला रिजर्भेशन राखेर मतदान गरेका हौं, तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले रोष्टममा उभिएर मधेसी, थारु र मुस्लिमको माग बमोजिम संसदको पहिलो बैठकले संविधान संशोधन गर्छ भन्नुभएपछि हामी मानेका थियौं ।
सिमांकन पुनरावलोकनको माग राख्दा राष्ट्रियताको कुरा उठाइएको भन्दै मन्सुरले अब काठमाडौंबाट मधेस शासित नहुने बताए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment