अभिनेता ऋतिक रोशन पनि मिडियामा चर्चामा आईरहने एक अभिनेताको लिष्टमै पर्ने एक अभिनेता हुन् । उनले आफ्नो वास्तबीक जीवनमा पनि धेरै प्रकार उतार चढाबहरुको सामना गरेका छन् । जस्मा उनले डिप्रेशनको सामना गरेका खुलसा पनि आफैले गरेका छन् । एम पावरको एवरिडेज हिरोज अभियानको लञ्च गर्दै अभिनेता ऋतिकले मानसिक स्वास्थ्यको सामान्य कुरामा पनि ध्यान दिन आवश्यक रहेको बताएका छन् । साथै, उनले आफ्नो जीवनमा विभिन्न प्रकारका उतार चढाबको सामना गर्नुका साथै मानसिक रोग (डिप्रेशन)को पनि सामना गरेको बताउँछन् ।
मानसिक रोगलाई पनि अन्य रोगहरुको जस्तै उपचार गर्न आवश्यक रहेको र उपचारपछि डिप्रेसनको सिकार बाट बाहिर आउन मदत मिल्ने ऋतिकले बताउँछन् । अभिनेता ऋतिकको साथिहरु पनि त्यसरीनै डिप्रेशनको सिकारमा फसेका थिए तर उनले पुरै डिप्रेशन हुन नदिनका लागी प्रेरित गरेका जानकारी पनि उनले गराएका छन् ।
No comments:
Post a Comment