watch first and then search

watch first and then search

Sunday, October 16, 2016

दशैंको अवसरमा सांसद सुनारद्वारा विकास निर्माणको बारेमा छलफल





कुश्माखर बश्यालखजुरा, ३० असोज । बाँके क्षेत्र नं. ४ बाट निर्वाचित सांसद दलबहादुर सुनारले यसबर्षको विजयादशमी तथा मोहर्रम पर्वको अवसरमा विकास निर्माणका लागि स्थानीयसँग परामर्श र छलफल गरेका छन् । धानखेतमै पुगेर सांसद सुनारले स्थानीयका समस्याबारे जानकारी लिएका हुन् ।

सांसद सुनार तीनबर्षअघि संविधानसभा सदस्यको उम्मेदवारको रुपमा प्रचारप्रसार अभियानमा धानखेतसम्मै पुगेर मत मागेका थिए । यसपटक भने उनी आफू निर्वाचित क्षेत्रका जनताको पिरमर्का बुझ्न पुनः खेतमै पुगेका हुन् । एमाले बाँकेका सचिव रत्न खत्री, सचिवालय सदस्य चन्द्रबहादुर चौधरी, क्षेत्रीय अध्यक्ष घननाथ खनालसहित रनियापुरमा पुगेका सांसद सुनारले स्थानीय बासिन्दासँग विकास निर्माणका सन्दर्भमा प्रत्यक्ष संवाद गरेको बताए । सो अवसरमा सांसद सुनारले रनियापुर र टिटिहिरिया आसपास क्षेत्रमा धानखेतमा एक किलोमिटर पैदलै हिडेर स्थानीयले भोगिरहेको सडक समस्याबारे जानकारी लिएका थिए ।

सांसद सुनारले रनियापुर र टिटिहिरिया जोड्ने सडक अति आवश्यक भएको भन्दै सो सडकमा पक्कि पुल, तटबन्ध र सडक स्तरउन्नतीका लागि निर्वाचन क्षेत्र विकास पुर्वाधार, जिल्ला विकास समिति र राष्ट्रिय योजना आयोगमा समेत आफुले पहल गर्ने प्रतिवद्धता जनाएका छन् । यसैगरी रनियापुरमा रहेको मदरसाका लागि यसै आर्थिकबर्षमा वजेटको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको एमाले गाउँ कमिटीका अध्यक्ष ईद्रिस खाँले जानकारी दिए । रनियापुरमा रहेका अधिकाँश सडकको अवस्था जीर्ण रहेको भन्दै सांसद सुनारले स्तरउन्नतीका लागि पहल गर्ने प्रहरी चौकीका लागि सहयोग गर्ने लगायतका आश्वासन दिएका छन् । विजयादशमीकै अवसरमा एमाले बनकटुवा गाउँ कमिटीको आयोजनामा गुरुवागाउँमा भएको पार्टी प्रवेश कार्यक्रममा सांसद सुनार, एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङ, सचिव रत्न खत्री लगायत सहभागी भएका थिए ।

सो अवसरमा नेकपा माओवादी केन्द्र लगायतका विभिन्न राजनीतिक दल परित्याग गरी ७५ जना एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ । नेकपा एमालेका केन्द्रीय सल्लाहकार समेत रहेका नेकपा एमालेका नेता तथा बाँके क्षेत्र नं. ४ बाट निर्वाचित सांसद दलबहादुर सुनारले खजुरास्थित नेपाल क्यान्सर अस्पताललाई एम्बुलेन्स सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

विजयादशमी, दीपावली, मोहर्रम तथा छठ पर्वको अवसरमा नेकपा एमाले बागेश्वरी गाउँ कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सांसद सुनारले एमाले नेता किस्मत कक्षपती नेतृत्वको अस्पताल संचालक समितिले अस्पताल संचालनका लागि गरेको पहल र सक्रियताको सह्राना समेत गरेका थिए ।

सांसद सुनारले खजुरामा क्यान्सर अस्पताल निर्माण भई संचलन हुनु खजुराबासी मात्रै नभएर यसक्षेत्रकै लागि सुखद अवसर भएको समेत बताए । क्यान्सर अस्पतालको सफलतापुर्वक संचालनका लागि खजुराबासीको भूमिका अहम हुने भन्दै उनले आगामी दिनमा समेत सहयोग गर्ने बताए ।

सांसद सुनारले डिगाउँस्थित मन्दीरलाई आर्थिक सहयोग गर्ने आश्वासन समेत दिएका छन् । एमाले बागेश्वरी गाउँ कमिटीका अध्यक्ष झगबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले प्रदेश नं. ५ का सदस्य वेदनिधी प्याकुरेल, जिल्ला कमिटी सचिवालय सदस्य अब्दुल हुसेन खाँ, बागेश्वरी गाउँ कमिटीका इन्चार्ज जिल्ला कमिटी सदस्य सतिश निरौला लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

No comments:

Post a Comment

watch first and then search