नेकपा एमालेका नेता लालबाबु पण्डितले संविधान संशोधन भन्दा पहिले संविधान कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । उहाँले संविधान संशोधनको प्रस्ताव ल्याउने सरकारका नेताहरुबीच नै मतभेद रहेको बताउँदै संविधान संशोधन भन्दा पनि कार्यान्वनमा जोड दिनुपर्ने स्पष्ट पार्नुभयो ।
काठमाडौमा आयोजित साक्षात्कारमा नेता लालबाबु पण्डितले संविधान कार्यान्वयनमा अब ढिलाइ गर्न नहुने बताउँनुभयो । संविधान कार्यान्वयनमा अघि बढेपछि मात्र संसदिय व्यवस्था अनुसार संशोधन गर्नुपर्ने उहाँको धारणा थियो ।
त्यसैगरी पर्यटनमन्त्री जीवनबहादुर शाहीले संविधान संशोधनको विषयमा कुनै पनि दलहरुबीच मतभेद नभएको दाबी गर्नुभयो । सबै दलहरुको चाहना ढिलो नगरिकन संविधान कार्यान्वयन गर्नु रहे पनि निष्कर्षमा पुग्न भने बाँकी रहेको ।
यता नेकपा माओवादी केन्द«का नेता दिनानाथ शर्माले दलहरुबीच तत्काल केही मतभेद देखिए पनि छिट्टै सहमति हुने विश्वास व्यक्त गर्नुभयो । बाइट
साक्षात्कारमा नेता शर्माले दलहरु मिलेमा मुलुक अघि बढ्न सक्ने भन्दै संविधानका विषयमा दलहरुबीच अझै विमति कायम रहेमा मुलुक अन्धकारतिर जाने खतरा रहने स्पष्ट पार्नुभयो ।
No comments:
Post a Comment