watch first and then search
watch first and then search
Friday, October 14, 2016
ग्रिल उद्योगमा आगलागी हुँदा लाखौँकोे क्षति
दाङ, २८ असोज । ग्रिल उद्योगमा आगलागी हुँदा लाखौँकोे क्षति भएको छ ।
दाङ तुलसीपुर–९ दोघरेस्थित चौधरी ग्रिल उद्योगमा आज दिउँसो भएको आगलागीमा रु तीन लाख २५ हजार बराबरको क्षति भएको सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरका प्रहरी निरीक्षक धनञ्जय केसीले बताउनुभयो ।
मोटसाइकल स्टेन वेल्डिङ गर्नेक्रममा पल्टिएर पेट्रोल पोखिएपछि सो उद्योगमा आगलागी हुन गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आगलागीबाट तुलसीपुर–९ नयाँ बस्तीका शिव वलीको भे२प ३८१२ नम्बरको स्प्लेन्डर मोटरसाइकल पूर्णरुपमा जलेको छ भने ग्रिल उद्योग र सो उद्योग सञ्चालनमा रहेका दोघरेका गोकर्ण डाँगीको घरमा पनि क्षति पुगेको छ ।
उद्योग सञ्चालक लक्ष्मी चौधरीका अनुसार आगलागीवाट उद्योगका विभिन्न मेसिनहरु जलेका छन् ।
तुलसीपुर नगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रमा लिएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment