watch first and then search

watch first and then search

Sunday, October 23, 2016

इराकको मोसुल शहर नजिकको सल्फर ग्याँस प्लान्टमा आइएसद्धारा आगलागी



इराकमा बिद्रोही संगठन इस्लामिक स्टेटसँगको कारवाही चलिरहेका बेला सल्फर प्लान्टबाट निस्किएको विषालु ग्यासबाट सयौं मानिस प्रभावित भएका छन् ।


सल्फर प्लान्टबाट निस्किएको विषालु ग्यासका कारण प्रभावित भएकाको उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । आइएसका लडाकुले भाग्नु भन्दा पहिले मोसुल नजिक रहेको सल्फर ग्यासको प्लान्टमा आगो लगाएको अमेरिकी सेनाले जनाएको छ । विषालु ग्यासको धुवाँका कारण त्यस वरपरका झण्डै एक हजार जनालाई स्वासप्रश्वासमा समस्या भएको समाचार संस्था रोयटर्सले जनाएको छ । अहिलेसम्म विषालु ग्यासका कारण दुईजनाको ज्यान गएको इराकी सेनाले जनाएको छ । इराकी सेनाले मोसुल शहरमा केन्द्रित भएर आइएसविरुद्ध कारबाही अभियान चलाइरहेको छ । मोसुल आइएसको गढ क्षेत्र हो ।

No comments:

Post a Comment

watch first and then search