watch first and then search
watch first and then search
Sunday, October 23, 2016
इजिप्टका उच्च सैनिक अधिकारीको गोली हानी हत्या
इजिप्टको उत्तरी क्षेत्र सिनाइएमा कार्यरत उच्च सैनिक अधिकारीलाई उहाँको घर नजिकै कायरोमा शनिबार गोली हानी हत्या गरिएको इजिप्टको राज्य सञ्चालित अहराम पत्रिकाले जनाएको छ ।
इजिप्टको तनावग्रस्त सिनाइ प्रान्तमा सशस्त्र विभागको नेतृत्व सम्हाल्दै आएका ब्रिगेडियर जनरल अदेल रजाइलाई शनिबार बिहानै उहाँकै घर अगाडि गोली हानी हत्या गरिएको थियो ।
घटनामा रजाइका ड्राइभरलाई समेत हत्या गरिएको छ भने उहाँका अङ्गरक्षक गम्भीर घाइते हुनुभएको छ ।
रजाइका श्रीमतीका अनुसार तीन जना आक्रमणकारी घर अगाडि गाडीमा लुकेर बसेका र रजाइ घरबाट निस्किँदा साथ आक्रमण गरेको बताउनुभयो । आक्रमणको तत्कालै कुनै समूहले जिम्मेवारी लिएको छैन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment