watch first and then search
watch first and then search
Monday, October 17, 2016
नेपालको विकास प्रयासमा राष्ट्र सङ्घबाट प्राप्त सहयोगको सराहना
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त राष्ट्र सङ्घका उपमहासचिव एवम् राष्ट्रसङ्घका महासचिव बान की–मुनका ‘विकासका लागि वित्तीय नवप्रवत्र्तनसम्बन्धी विशेष सल्लाहकार’ प्रा डा फिलिप डुस्ट ब्लाजीले आज अपराह्न राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुभयो ।
त्यस अवसरमा उहाँहरूबीच नेपाल र राष्ट्र सङ्घबीचको सम्बन्धका साथै नेपालको सामाजिक–आर्थिक विकासमा राष्ट्र सङ्घले निर्वाह गरेको भूमिकाबारे विचारविमर्श भएको यहाँस्थित फ्रान्सेली राजदूतावासले जनाएको छ । राष्ट्रपति भण्डारीले विश्व शान्ति स्थापना तथा नेपालको विकास प्रयासमा राष्ट्र सङ्घबाट निरन्तर प्राप्त सहयोगको सराहना गर्नुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका भावी महानिर्देशकका लागि फ्रान्सले आफूलाई उम्मेदवार घोषणा गरेपछि नेपालको समर्थन जुटाउन प्रा ब्लाजी नेपाल भ्रमणमा आउनुभएको हो । राष्ट्रपतिलाई उहाँले आफ्नो उम्मेदवारीबारे पनि अवगत गराउनुभएको थियो । भेटमा नेपालका लागि फ्रान्सका राजदूत इभ कारमोना, राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र यहाँस्थित फ्रान्सेली राजदूतावासका उच्च अधिकारीको सहभागिता थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment