watch first and then search

watch first and then search

Sunday, October 16, 2016

सीमाना निर्धारण आयोगलाई विवरण दिन निर्देशन



काठमाडौँ, ३० असोज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मुख्यसचिव डा सोमलाल सुवेदीको संयोजकत्वमा बसेको बैठकले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगको कामकारबाहीलाई प्रभावकारी बनाउँदै शीघ्र सम्पन्न गर्न प्रत्येक नगरपालिकाको वडागत रुपमा जनसङ्ख्याको विवरण सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तीन दिनभित्र उपलब्ध गराउन निर्देशन गरेको छ ।



बैठकले प्रत्येक गाविस र इलाकागत जनसङ्ख्याको विवरण मन्त्रालयले आयोगलाई तीन दिनभित्र उपलब्ध गराउन पनि निर्देशन गरेको छ ।

उपरोक्त विवरणका अतिरिक्त अन्य निकायबाट समेत विवरण आवश्यक भएमा आवश्यकताअनुसार नेपाल सरकारका सम्बद्ध निकायसँग समन्वय गरी मन्त्रालयले आयोगलाई आवश्यक पर्ने विवरणहरु यथाशीघ्र उपलब्ध गराउनु पर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

उक्त बैठकमा आयोगका अध्यक्ष बालानन्द पौडेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, मध्यमाञ्चलका क्षेत्रीय प्रशासक तथा मन्त्रालयका निमित्त सचिवलगायतका पदाधिकारीको उपस्थिति थियो ।

No comments:

Post a Comment

watch first and then search