ब्रिक्स सम्मेलनको सीमित सत्रको सिलसिलामा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सि जिन पिङ, दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा र ब्राजिलका राष्ट्रपति माइकल टेमरलाई सम्बोधन गर्दै भने, संसारमा आतङ्कवादको उद्गमस्थल भारतसँग जोडिएको राष्ट्र भएको समेत दाबी यस क्षेत्रबाट आतङ्कवादलाई परास्त गर्न ब्रिक्स सम्मेलनको सिलसिलामा आतङ्कवादविरोधी अभियानका लागि प्रतिबद्धता आउनुपर्नेसमेत बताए । पाकिस्तानको नाम नलिइकनै भारतीय प्रधानमन्त्री मोदीले भने, यसले आतङ्कवादीलाई शरणमात्र दिने नभई आतंकवादी सोचलाई पालनपोषणसमेत गर्ने गरेको छ । भारतीय प्रधानमन्त्री मोदीले उक्त छिमेकीले आतङ्कवाद राजनीतिक फाइदाका लागि ठिक भएको भन्ने गलत सोच राख्ने गरेको भन्दै भारत यसको कडा निन्दा गर्छ भने ।
यसअघि पनि भारतीय प्रधानमन्त्री मोदीले आफ्ना चिनियाँ समकक्षी सि जिन पिङ र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा पाकिस्तानमा आतङ्कवादी सङ्गठनले संरक्षण पाउँदा यस क्षेत्रको सुरक्षामा समस्या देखिएको भन्दै यस्ता गतिविधिलाई नियन्त्रण गर्न पाकिस्तानलाई दिने गरेका सैन्य सहयोग, हतियार, तालिमलगायतका सुविधा रोक्नुपर्ने बताएको थियो ।
No comments:
Post a Comment