watch first and then search
watch first and then search
Monday, October 24, 2016
दलित समितिद्वारा एम्बुलेन्स सञ्चालन
स्याङ्जाको जगत्रदेवी–८ गल्याङमा रहेको नेपाल उत्पीडित दलित समाज विकास समितिले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ ।
एम्बुलेन्स खरिदका लागि समितिमा आबद्ध २६ आजीवन सदस्यबाट जनही ३३ हजार पाँच सयका दरले झन्डै आठ लाख ७१ हजार रकम सङ्कलन गरिएको समितिका अध्यक्ष कुलबहादुर बिकले बताउनुभयो ।
“हाम्रो गाउँ ठाउँमा कोही बिरामी परेमा यातायात तत्कालै नपाइने र पाइहाले पनि निक्कै महँगो भाडा तिनुपर्ने समस्या थियो,” समितिका अध्यक्ष विकले भन्नुभयो – “अब भने हामीले एम्बुलेन्स सेवा सुरु गरेका छौँ । आशा छ, यस क्षेत्रका बिरामीले केही हदसम्म भए पनि राहतको महसुस गर्नेछन् ।”
सुविधासम्पन्न उक्त एम्बुलेन्स नेपाल सरकारबाट भन्सार छुटमा करिब दश लाखको लागतमा ल्याएको समितिले जनाएको छ । एम्बुलेन्सलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्न एउटा छुट्टै समिति बनाएर अगाडि बढ्ने सोचमा समिति रहेको अध्यक्ष बिकले बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment