यसले बौद्धमार्गीको आस्थामा ठेस पुगेको भन्दै रियल म्याड्रिडका महंगा स्ट्राइकरविरूद्ध चौतर्फी विरोध सुरु भएको छ। उनको यो फोटोलाई मन पराउने १२ हजार छन्। जसमा नेपालका शुभम पाण्डेले आफ्नो असन्तुष्टी व्यक्त गर्दै लेखेका छन्– ‘यो अनादार हो।कसरी उनले गौतम बुद्धकोमा खुट्टा राख्न सक्छ।।रोनाल्डोबाट मैले यस्तो मुख्र्याइँको अपेक्षा गरेको थिइन।सर तपाईले आज आफ्नो एउटा समर्थक गुमाउनु भएको छ। यो दुःखद छ।’
अरुको आस्थामा खेलवाड गरेको भन्दै रोनाल्डोको फोटोमा प्रतिक्रिया जनाउनेमा श्रीलंकाका इरान्दा लेस्नार रनासिङ्गे पनि छन्। उनले रोनाल्डोको पोस्टमा लेखेका छन्, ‘रोनाल्डोले आफ्नो समर्थक गुमाएका छन् भर्खरै। तिमीले भगवान बुद्धको मूर्तिमा खुट्टा राख्न हुँदैन्थ्यो। मुर्ख मान्छे। हामीले तिमीबाट यस्तो अपमानजनक व्यवहारको आशा गरेका थिएनौं।’
यस्तै नेपालका पुस्कर तिमल्सिनाले प्रतिक्रिया दिएका छन्, ‘पक्कै तिमी राम्रो खेलाडी हौं तर, यसको मतलब तिमीले अरुको भावना र विश्वासमा ठेस पुर्याउन मिल्छ ? भगवान गौतम बुद्ध, उनी विश्व शान्तिका दुत हुन् (बौद्धधर्मका प्रणेता) । तिमीले कसरी उनको अपमान यसरी गर्न सक्छौं ? ।यद्यपी म बौद्धिष्ट होइन, यसले मलाई निकै दुखित तुल्याएको छ !!! (नेपालबाट)। रोनाल्डोले यो सिजन उत्कृष्ट खेल्न सकिरहेका छैनन्। उनले यो सिजन जम्मा ४ गोल मात्र गरेका छन्।
No comments:
Post a Comment