watch first and then search
watch first and then search
Monday, October 24, 2016
हतियारसहित पाँच पक्राउ
जिल्ला प्रहरी कार्यालयले सिउरी गाविसका विभिन्न स्थानबाट हतियारसहित पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिउरी–१ का दुजमान घर्ती मगर, सिउरी–७ का जोखबहादुर घर्ती मगर, सिउरी–८ का रामबहादुर बुढा मगर र लोकबहादुर बुढा मगर तथा सिउरी–९ का चन्द्रबहादुर घर्ती मगर रहेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो ।
उनीहरूका साथबाट भरुवा बन्दुक आठ थान, खुकुरी र भरुवा बन्दुकको नाल एक एक थान तथा पार्टपुर्जा, कम्ब्याट ड्रेस, बारुद २०० ग्राम, गोली २२ थान, सिसाको छर्रा ११८ थान र पेट्रोल दुई लिटर बरामद गरिएको छ । राष्ट्रिय मूलबासी मङ्गोलियन फोर्स नेपाल नामक समूह मार्फत उनीहरूले विभिन्न गतविधि गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसैबीच उनीहरूले गत भदौ ११ गते सिउरी गाविसस्थित प्रहरी चौकीमा आक्रमणको असफल प्रयास समेत गरेको बताइएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment