watch first and then search

watch first and then search

Sunday, October 23, 2016

ट्रकको ठक्करबाट एकको मृत्यु



चितवन, ७ कात्तिक । ट्रकको ठक्करबाट घाइते हुनुभएका सुनसरी महेन्द्रनगर– ६ बस्ने ४१वर्षीय युवराज भट्टराईको मृृत्यु भएको छ ।

शनिबार दिउँसो पूर्वी चितवनबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ९७१० नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १९ प ५१८० नं को मोटरसाइकललाई भरतपुर उपमहानगरपालिका– १२ मिलनचोकमा ठक्कर दिँदा भट्टराई घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइते भट्टराईको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो । मोटरसाइकललाई ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

watch first and then search