केही समय अगाडि नेपाल भ्रमणमा अाएका एक जापानी नागिरकल्र नेपाली ट्याक्सीचालकले गर्ने ब्यवहार र उनीहरूकाे ट्याक्सी चलाउने शैली नजिकबाट देखेपछि जापानबाट लेखे निकै घतलाग्दाे शन्देश मूलक पत्र । उनले नेपाली ट्याक्सी चालकका्र दुख र मेहनतकाे प्रशंसा गर्दै कतिपयबेला उनीहरूले गर्नेब्यवहार सुधार्न सुझाव दिएका छन् । उनले पत्रमा भनेका छन् ट्याक्सी चलाउने काम तपाईँलाई निकै गाह्रो र सधै धेरै जोखिम छ । ट्राफिक दुर्घटना, मादक पदार्थ सेवन गरेका यात्रुसँग झमेला, लुटेराहरुसँगको सामना गर्नु परेका कुरालार्इ प्रशंसा गरेका छन् । सायद एयरपाेर्टमा ट्याक्सी चालककाे ब्यवहार मन नपरेरै हाेला उनले चिठ्ठीमा सुरक्षित रुपले ट्याक्सी चलाउँदै बिदेशी पाहुनालार्इ नरम र दयालु भएर भाब देखाउन अाग्रह पनि गरेका छन् । यस्ताे उनकाे चिठ्ठी…………..
तपाई ट्याक्सी चलकलाई मेरो चिठ्ठी
नमस्ते
म तपाईँको देश नेपालमा केही महिना अगाडि आएको थिएँ । अनि तपाईँको ट्याक्सीमा धेरैपल्ट चढेर तपाईँले बाटोमा ट्याक्सी चलाएको हेर्ने मौका पाएँ । यसबारे मलाई केही प्रभाब परेकोले म ताईँलाई यस चिठ्ठीको माध्यमबाट केही कुरा भन्न चाहान्छु ।
ट्याक्सी चलाउने काम तपाईँलाई निकै गाह्रो र सधै धेरै जोखिम छ । उदाहरणको लागि ट्राफिक दुर्घटना, मादक पदार्थ सेवन गरेका यात्रुसँग झमेला, लुटेराहरुसँगको सामना आदि । केही यात्रुहरु तपाईँलाई आफ्नो गन्तब्य स्थानमा सकेसम्म छिटो पु¥याइदिन भन्छन्, त्यसबेला होसियारसाथ जोखिम लिएर चलाउनुपर्छ ।
तर पर्खुनुहोस्, अरु मान्छेको बारेमा पनि एकछिन् सोच्नुहोस्र । तपाईँलाई थाहा छ, तपाईँको ट्याक्सीबाट उनीहरुले कस्तो आशा गर्छन् ?
पानी परेको बेला गह्रौँ झोला भएको बेला, नयाँ सहरमा भएको बेला, वा इमरजेन्सीको बेला, उहाँहरु अरुसवारी साधन भन्दा त्रेरै पैसा तिरेर तपाईँको ट्याक्सी प्रयोग गर्छन् । तपाईँको ट्याक्सीमा आरामदायी र सूरक्षित यात्रा गर्न चाहन्छन् ।
ट्याक्सी एउटा सार्वजनिक यातायात हो, तर बस र टेम्पो भन्दा धेरै फक हुन्छ । तपाईँले साँघुरोबाोबाट पनि यात्रुको घरसम्म जानुपर्छ । कहिलेकबाही यात्रुहरुको गह्रौ झोला पनि बोक्नुपर्छ ।
एउटा बिदेशी मान्छेको हेराईमा तपाईँ यत्ति गाह्रो काम गर्दैहुनुहुन्छ की त्यसकारण म तपाईँलाई अझै राम्रो कमाई गर्न तीन ओटा तरिकाहरु सिकाइदिन चाहान्छु ।
पहिलो तरिका
आफ्नो पेसामा सधै गौरब गर्नुहोुस् । एउटा बिदेशी पाहुनाले तपाईँको देशमा आएर भेट्ने ब्यक्ति मध्य तपाईँ पहिलो ब्यक्ति हुनुहुन्छ । अर्को शब्दमा बिदेशीको लागि तपाईँ पहिलो अनुहार हो । सुरक्षित रुपले ट्याक्सी चलाउँदै मलाई तपाईँले नरम र दयालु भएर भाब देखाउनुभयो भने म नेपाल रमाएर बस्नेछु ।
दोस्रो तरिका
ड्राइभिङबाट जीविका चलाउने र सडक प्रयोग मै धेरै समय बिताउने तपाईँ धेरै सुरक्षित साथ ट्याक्सी चलाउनुपर्छ ।
तेस्रो तरीका
इमान्दारीताका साथ ट्याक्सीमा भएको मिटर चलाउनुस् र मेरो लागि पनि कृपया तपाईँको ट्याक्सीकाम अगाडि सीटमा बस्नको लागि सिटबेल्टको ब्यवस्था गरिदिनुहोस् ।
अन्त्यमा तपाईँको शुस्वास्थ्यको कामना गर्छु ।
धन्यवाद नमस्ते
ताकासिओ जापान
No comments:
Post a Comment