watch first and then search

watch first and then search

Thursday, October 13, 2016

खाना खाए लगत्तै यी कार्य गर्नाले स्वास्थ्य खतरामा हुन सक्छ



हामी आज यस्तो बानीका बारेमा जानकारी दिँदै छौं जुन धेरै जसो मानिस खाना खाने लगतै गर्छन् तर यस्ता बानी भनेस्वास्थ्यकालागि हानीकारक हुने गर्छ । हाम्रो कुनै दैनिक बानी यस्तो हुन्छ, जुन हामीलाई समान्य लाग्न सक्छ तर आँफैलाई हानि भईरहेको थाह हुँदैन।

हामी आज यहाँ यस्तो बानी बारे भन्दै छौं जुन मानिसहरु प्राय खाना खाए लगत्तै गर्छन् तर ति बानीहरु कति खतरनाक हुनसक्छ भन्ने कुरा थाहा हुँदैन ।खाना खाए लगत्तै गर्न नहुने केहि कार्यहरु ।

१.खानाखाने बितीकै फल खानु हुँदैन

यदि खानाखाने बितिकै फल खाएमा त्यो खाना हाम्रो आँत सम्म पुग्दैन र हामीले पाउने पोषक तत्व पाउन सक्दैनौं।त्यसैले फल खादा सँधै बिहान खाली पेटमा खाँदा धेरै लाभदायी हुन्छ ।

२ . खाना खाए लगतै चिया पिउनु हुँदैन

हामी मध्य धेरै जसोको बानी खाना खाए लगतै चिया पिउने हुन्छ । आम जनमानसमा चियाले खाना पचाउन सहयोग गर्छ भनेर यस्तो गरिएको होला । तर चिया को पत्तामा उच्च अमलियता हुन्छ भन्ने थाह पाउँदा तपाईहरुलाई आश्चर्य हुनसक्छ। खाना खाएपछि चिया पिउनाले प्रोटिनको पाचनलाई असर पार्छ र पचंतंत्रले प्रोटिनलाइ सजिलै पचाउन सक्दैन।

३ खानाखाने बितिकै सुत्नु हुँदैन

खाना खाएपछी खानालाई पच्न केहि समय लाग्छ त्यसैले खाना खाने बित्तिकै सुत्नु हुँदैन । खाना खाने बित्तिकै सुत्नाले ग्यास र आँतमा समस्याहरु उत्पन्न हुन सक्छ । यस्तो बानीले निद्रालाई पनि असर पार्छ । खाना खाएको कम्तिमा ४ घण्टा पछी मात्र सुत्नु पर्छ । यसो गर्दा हाम्रो मस्तिष्कले शरीरलाई चाहिने अत्यावश्यक कार्यहरु मात्र गर्नु पर्ने हुनाले सुतेको बेला पाचन तन्त्रलाई नियन्त्रण नगरी पूर्ण रुपमा विश्राम गर्न पाउँछ ।

४ .खानाखाने बितिकै चुरोट खानु हुँदैन

चुरोट खाने बानी आँफैमा एउटा खराब बानी हो, जसले मुटु र श्वास सम्बदि समस्या आउछ।एक्ष्पोर्तका अनुसार खानखाने लगतै चुरोट खानु १० गुना हानिकारक हुन्छ छ।

५.खाना खाने बित्तिकै नुहाउनु हुँदैन

नुहाउँदा हाम्रा हात र खुट्टा सक्रिय हुन्छन् जसले गर्दा यी अंगका रक्त संचार बढ्न जनेहुनाले पेटमा खाना पचाउन चाहिने रक्त प्रवाहको कमि हुन जान्छ । पेटमा जानुपर्ने रगतको प्रवाह हात-खुट्टा तिर जान थाल्छ जसले गर्दा पाचन प्रक्रिया ढिलो हुन जान्छ ।

No comments:

Post a Comment

watch first and then search