watch first and then search

watch first and then search

Thursday, October 13, 2016

नशा च्यापिएको समस्या र यसको समाधान



कुनै कारणले कम्मरबाट निस्केको नशामा दवाब पर्दा कम्मर दुख्ने र त्यो दुखाई हिप (जाँघ)को जार्नी हुदै खुट्टाको पछाडी भागसम्म पुग्ने अवस्थालाई कम्मरमा नशा च्यापिएको भनिन्छ ।

नशा कसरी च्यापिन्छ ?

कम्मर बन्नका लागि मेरुदण्डको विशेषगरी लम्बर भटेब्रा र स्याक्रम भटेब्रा भाग एवं दुबै भटेब्राको बिचमा हुने एक लचकदार बस्तु डिस्क मेरुदण्डको साइडमा मांसपेशी र नशाको प्रमुख भूमिका रहन्छ । दुईबटा मेरुदण्डको बीच भागमा रहेको डिस्क एक लचकदार वस्तु हो । जसले कम्मर चलाउन मद्दत गर्छ । डिस्क जेली पदार्थले बनेको हुन्छ । जसलाई फाइब्रस रिङ्गले घेरेको हुन्छ । कुनै कारण त्यो डिस्कबाट निस्कने नली (स्पानल क्यानल) वा साइडको नशा(नर्भ रुट) लाई दबाइ दिन्छ । यस्तो अवस्थालाई प्रोल्याप्स एन्टर भ्रटेब्रल डिस्क भनिन्छ । कुनै पनि डिस्क प्राल्याप्स हुन सक्छ तर धेरै जस्तो बिरामीलाई पाचौं नम्बरको लम्बर भटेब्रा र पहिलो स्याक्रल भटेब्राको बीचको डिस्क बढी प्रोल्याप्स हुन्छ । डिस्क प्रोल्याप्सको साइज र अवस्थामा आउने फरकको कारण लक्षण देखिन्छ ।

लक्षणहरु

कम्मर दुख्नु

कम्मर दखाई हिप हुदै तिघ्रादेखि खुट्टासम्म पुग्नु

हाच्छ्यु गर्दा, खोक्दा वा अगाडी झुक्दा दुखाई बढ्न

लामो समय उभिदा वा हिड्दापनि दुखाई हुनु

खुट्टा झमझमाउने, पोल्ने वा लाटो हुनु

नशा धेरै च्यापियो वा लामो समयसम्म उपचार भएन भने खुट्टा सुक्दै जान्छ र पछि गएर राम्रो सँग चल्दैन र पुरै लाटो हुन्छ । कहिले काहीँ दिशा पिसाब रोक्न गाह्रो हुने हुन्छ ।

कस्तो व्यक्तिलाई नशा च्यापिने समस्या बढी हुन्छ ?

अगाडी झुकेर काम गर्ने

खेलाडी तथा जर्कि मुभमेन्ट गर्ने

लामो समयसम्म कुर्सीमा बस्ने

लामो समयसम्म उभिएर काम गर्ने

मोटोपना, गर्भावस्था र अग्लो हिलको प्रयोग गर्ने महिला

नशा च्यापिएको कसरी थाहा पाउने ?

धेरै जसको नशा च्यापिएको लक्षणका आधारमा नै थाहा पाउन सकिन्छ । चिकित्सकले जाँच गर्दा गरिने केही परिक्षणबाट धेरै पत्ता लगाउन सकिन्छ । जस्तै बिरामीलाई उत्तानो सुताएर खुट्टा सिधा पारेर उठाउन लगाउने परिक्षण (कचि) टेष्टले पनि धेरै प्रतिशत नशा च्यापिएको पत्ता लगाउन सकिन्छ । साथै नशा च्यापिएको कारण र अवस्था पत्ता लगाउन एमआरआई पनि गरिन्छ ।

उपचार

नशा च्यापिएको समस्यामा विशेषत विभिन्न प्राकृतिक उपचार पद्धती प्रभावकारी मानिन्छन् ।

जस्तै

अकुपञ्चर

फिजियोथेरापी (एलेक्ट्रो तथा एक्ससाइज दुबै)

थेरापिटिक मसाज लगायत प्राकृतिक चिकित्साका तरिकाहरु

यी थेरापीहरुको उचित प्रयोगको साथै सुरुकै अवस्थामा आरम गर्नु जरुरत हुन्छ । पूर्ण आराम साथ अकुपञ्चर, फिजियोथेरापी र प्राकृतिक चिकित्सा विधिका विभिन्न तरिकाबाट पनि उपचार गर्दा अप्रेशन गर्न जरुरत हुदैन । विश्वव्यापी अनुसन्धानबाट पनि नशा च्यापिएको समस्यामा ८५ प्रतिशत बिरामीलाई अप्रेशन विना उपचार गर्न सकिन्छ भन्ने देखिन्छ । नशा च्यापिएको बिरामीको खुट्टा सुक्यो, चलाउन गाह्रो भएमा र पिसाब रोक्न नसक्ने भयो भने अप्रेशन गर्न जरुरत हुन्छ ।

साबधानी

सामान्य लक्षण देखिनासाथ परिक्षण गराउने र उपचार गर्ने

अगाडी झुक्दा विशेष ध्यान दिने

गाडीमा यात्रा गर्दा बेल्टको प्रयोग गर्ने र खाल्टा खुल्टीबाट जोगाउने

सकेसम्म मोटरसाइकलको प्रयोग नगर्ने, गर्नै परेमा बेल्टको प्रयोग गर्ने

लामो समयसम्म कुर्सीमा नबस्ने, पलेटी कसेर नबस्ने

मोटोपना कम गर्ने हिल जुक्ताको प्रयोग नगर्ने

फिजियोथेरापिष्टको सल्लाह बमोजिम नियमित एक्ससाइज गर्ने

लेखक अकुपञ्चरिष्ट तथा शुस्वास्थ्य अस्पतालका अध्यक्ष हुन्

No comments:

Post a Comment

watch first and then search