watch first and then search
watch first and then search
Sunday, October 23, 2016
तरकारीखेतीका लागि सिँचाइको व्यवस्था
नेपालगन्ज, ७ कात्तिक । अगैया क्षेत्रका किसानले सामूहिकरुपमा सुरु गरिएको व्यावसायिक तरकारीखेतीका लागि सिँचाइको व्यवस्था मिलाएका छन् ।
सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले रु चार लाख ५५ हजारको लागतमा १० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरेपछि तरकारीखेतीमा संलग्न कृषक खुसी भएका छन् ।
सिँचाइ ट्याङ्की निर्माणका लागि कञ्चनापुर गाविसबाट रु २० हजार र श्रमदानबापत रु एक लाख ४८ हजार व्यहोरिएकोे जनाइएको छ ।
त्यस क्षेत्रका किसानको टुक्राटुक्रा जग्गालाई एकिकृत गरी ३९ घरधुरी मिलेर हाल ४० कठ्ठा जमिनमा मौसमी तथा बेमौसमी व्यावसायिक तरकारीखेती गर्दै आएको क्लबका अध्यक्ष परवेजअलि सिद्धिकीले बताउनुभयो ।
व्यावसायिक तरकारीखेतीमा संलग्न कृषकले प्रगतिशील कृषक समूह गठन गरी त्यस मार्पmत खेतीको सम्पूर्ण कामको व्यवस्था मिलाएका छन् भने क्लबले कृषकलाई प्राविधिक, बीउविजन, व्यवस्थापनलगायतका विषयमा तालिम तथा सहयोग उपलव्ध गराउँदै आएको छ ।
सो समूहले कुल २५ समूह गठन र ‘समूह बचत कोष’ समेत स्थापना गरी गाउँको सो समूहमा संलग्न घरधुरीलाई अप्ठ्यारो परेको समयमा सहयोग गर्ने चाजोपाँजो समेत मिलाएको जनाइएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment