watch first and then search

watch first and then search

Monday, October 24, 2016

६ सय भन्दा वढीको आँखा जाच



जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा ६ सय ४४ जनाले आँखा जचाएका छन् । हिजो र आज संचालन गरिएको आँखा शिवरमा ४० वर्ष देखि ९० वर्ष सम्मका नागरिकहरुले आँखा जचाएका हुन् । जस्मा ७४ जनाको सल्यक्रिया गरिएको छ । मोतिविन्दु लागेका ७३ जना र अन्य १ जनाको सल्यक्रिया गरिएको हो । ४६ जनालाई चस्मा वितरण गरिएको जिल्ला सामुदायीक आँखा केन्द्र फाप्लुका नेत्र अधिकृत पुष्प बावु बस्नेतले बताउनुभयो ।
शिविरमा आखाको ढकनी, आशुँ थैलीको समस्य, आखाको नानीको समस्य, आखा पाक्ने र मोती विन्दु लागेका नागरीकहरुको तिलगंगा आँखा प्रतिष्ठान गौसलाका बरिष्ठ नेत्र रोग विशषज्ञा डा. ईन्दीरा पौड्याले निशुल्क उपचार गर्नुभएको वस्नेतले जानकारी दिनुभयो ।
आँखा शिविर तिलगंगा आँखा प्रतिष्ठान गौसला काठमाण्डौ तथा जिल्ला सामुदायीक आँखा केन्द्र फाप्लु, हिमाली स्वास्थ्य तथा वाताबरणीय सेवा फाप्लु, ट्रिङकल स्टार क्लव, नेपाल रेडक्रश सोसाईटी र जिल्ला स्वास्थ्य कार्यलय सोलुखुम्बुको समन्वयमा शिविर संचालन गरिएको हो ।

No comments:

Post a Comment

watch first and then search